काठमाडौँ, २६ कात्तिक सर्वोच्च अदालतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नियुक्ति खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएकोे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई विपक्षी बनाई प्राधिकरणका पूर्व कार्यकारी सुशील ज्ञवालीले आज दायर गरेको रिट निवेदनमा प्राधिकरणमा भुसाललाई गैरकानुनी रुपमा नियुक्ति गरिएको भन्दै सो नियुक्ति खारेज गर्न माग गरिएको छ ।
रिट निवेदनमा प्राधिकरणका पूर्व सिइओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी बाँकी अवधिका लागि युवराज भुषाललाई नियुक्ति गर्नु कानूनसम्मत नभएको जिकिर गर्दै भुसालको नियुक्ति बदर गर्न माग गरिएको छ ।