राष्ट्रिय मन्त्रिमण्डलमा माओवादी केन्द्रको जिम्मेवारी खोसियो

प्रकासित मिति: ३१ आश्विन २०७४, मंगलवार १३:०८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गर्नुभएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरुको जिम्मेवारी तोक्नु भएको हो । उपप्रधानमन्त्री कमल थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापाले महिला बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।कुन्ती कुमारी शाहीलाई शाही शहरी विकास राज्यमन्त्री, भास्कर भद्रालाई ऊर्जा राज्यमन्त्री, सुशील कुमार श्रेष्ठ आपूर्ति राज्यमन्त्री र कान्ता भट्टराईलाई महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । त्यस्तै राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ । बोहरा यसअघि विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो ।

Bhansar Bivag
Argakhachi Cement