काठमाण्डौं । कांग्रेसले नाम उपलब्ध गराएपछि राष्ट्रिय सभाका समितिहरु गठन, यी हुन् समितिका सदस्यहरु काठमाडौंस् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिहरुमा रहने सांसदहरुको नाम सिफारिस गरेपछि राष्ट्रिय सभाको समितिहरु गठन भएका छन्।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४९ अनुसार राष्ट्रियसभाको विषयगत समितिमा रहने सदस्यहरुको नाम विहीबार पारित भएको छ।
दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्योजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिका लागि सदस्यहरुको नाम अनुमोदन भएको छ।
समितिका सभापतिहरुको विषयमा अडान लिदै आएको कांग्रेसले नाम नपठाउँदा नियमावली पारित भएको २ महिना पछि समिति गठन भएको छ।