राष्ट्रिय समस्याको निकास र देश बिकासको लागी ओली नेतृत्व निर्बिकल्प : अध्यक्ष ढकाल

प्रकासित मिति: ३० कार्तिक २०७९, बुधबार १५:४८

चितवन । नेपाल परिवार दलको आव्हान ः सुर्यमा मतदान’ मंसिर–४ ओेली सरकार भन्ने मुल नाराको साथ सात ओटै प्रदेशमा चुनावी कार्यक्रम सम्पन्न गर्दै परिवार दलले चितवनमा चुनाब प्रचार तथा मतदातासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । भरतपुर बुधबार आयोजित कार्यक्रममा बोल्दै एमालेका समानुपातिक उम्मेदवार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले राष्ट्रिय समस्याको निकास र देश बिकासको लागी ओली नेतृत्व निर्बिकल्प रहेको बताउँदै एमाले र केपी ओलीको हाराहारीमा अर्को दल र नेता नभएका् बताएका छन् ।
नेपाल परिवार दलले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा देशभरबाट एकलाख साठी हजार मत सुर्य चिन्हमा खसाल्ने ऐक्यबद्धता साथ देशभर अभियानलाई तिव्रता दिएको छ । अध्यक्ष ढकालले परमादेशको सरकारवाट देशलाई मुक्त गरि संमृद्धिको अभियान अघि बढाऊन केपी ओलीको नतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्नु पर्नेमा जोड दिनु दिएका छन् । ढकालले चितवनका मतदातालाई विवेक प्रयोग गर्न आग्रह गदै संमृद्धिको अभियानको नेतृत्व गर्न सक्ने पार्टी र पात्र एमाले र केपी ओली भएको तर्क गर्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।
पूर्वमन्त्री समेत रहेका ढकालले परिवार दलले संसदमा राष्ट्रिय मेलमिलाप र दिगो शान्तिको आबाज बुलन्द बनाउने पनि बताए । ढकालले ओलीको बोलीको गोलीले राष्ट्रघातीहरु घाइते भएर बरबराइ रहेका छन भन्दै ओलीको देश भक्तिको कदर जनताले जनादेश मार्फत गर्ने बिश्वाश ब्यक्त गरे ।
परिवार दलका चितवन जिल्ला अध्यक्ष धर्म प्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा ऐमालेका पोलिटब्युरो सदस्य एंव चितवन जिल्ला ईन्चार्ज तथा चितवन क्षेत्र नं २ ख का प्रदेश सभा सदस्य उम्मेदवार देवी प्रसाद ज्ञवाली , नेकपा ऐमाले केन्द्रीय स्कुल बिभाग सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पुरुषोत्तम न्यौपाने साथै परिवार दलका महामन्त्री प्रकाश बाबु थापाले सुर्यमा मत हाल्नु बताए । परिवार दल चितवनका अध्यक्ष धर्म प्रसाद ढकालले बागमती प्रदेशबाट पैतिस हजार मत ल्याउने बताउदै चितवन जिल्लाबाट मात्र सुर्य चिन्हमा तीन हजार भन्दा बढि मत खसाल्ने दाबी गरे ।
चुनावी सभामा नेपाल परिवार दलको केन्द्रीय सदस्यहरू राम प्रसाद ज्ञवाली, जितेन्द्र श्रेष्ठ, ईश्वर भट्ट, केन्द्रीय सदस्य एंव पिस फोर्स नेपालका केन्द्रीय अध्यक्ष रविन्द्र चौलागाई, केन्द्रिय सदस्यहरु धर्मि भुषाल “कामना”, हरि बहादुर लोप्चन लगाएत नेपाल परिवार दलका चितवन जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Bhansar Bivag
Argakhachi Cement