राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आजबाट सञ्चालनमा आएको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले एक कार्यक्रमका बीच अनुगमन केन्द्रको उद्घाटन गरेका छन् । पहिलो चरणमा नेपालभित्र चलिरहेका डट कम र डट एनपीका साथै डट जिओभि डट एनपी भित्रका सबै डोमेन र वेबसाइट अनुगमन गर्ने गरि यो केन्द्र सञ्चालनमा आएको बताइएको छ । यो केन्द्रले नेपालभित्र सञ्चालनमा रहेका वेबसाइटहरुको बिस्तृत अनुगमन गर्ने सहसचिव वीरेन्द्रकुमार मिश्रले जानकारी दिए ।