राष्ट्रिय हितको पक्षमा कलम चलाउनुपर्नेमा जोड ,पत्रकार मञ्चका पदाधिकारी सम्मानित

प्रकासित मिति: २८ भाद्र २०७३, मंगलवार १२:३७

काठमाडौं । नेपाल परिवार दलका सांसद एवम पूर्वमन्त्री एकनाथ ढकालले राष्ट्रिय हितको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । युनिभर्सल पिस फेडेरेशन नेपालले मङलबार नेपाल पत्रकार मंचको चौथो महाधिबेसनबाट निबार्चित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिन राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
सांसद ढकालले नेपालमा राजनैतिक मुद्धाहरु समाधान भैसकेकोले अब सबैले संविधानको कार्यन्वयन र आर्थिक रुपान्तरणमा जोड दिनु पर्ने बेला आएको बताए । उनले नबनिबाचित पत्रकारहरुलाई बधाई दिदै शान्ति मैत्री र विकास मैत्री पत्रकारिता नै अहिलेको आबस्यकता रहेको भन्दै श्रमजीबी पत्रकारहरुको हकहितमा राज्य र राजनैतिक दलहरु गम्भीर हुनुपर्नेमा जोड दिए ।
उनले संचार क्षेत्रलाई पनि बिश्वाश योग्य र सम्मान योग्य बनाउदै लैजान पत्रकारहरुले पनि आफ्ना लेखनमा ख्याल गनुपर्ने उनको तर्क थियो ।
सम्मान कार्यक्रमा कार्यक्रममा पूर्व मन्त्री शिवलाल थापा, सांसद झुल बहादुर आले लगायतको उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज बिद्रोहीले पत्रकारको हक हित र अधिकारको लागि आवाज उठाउने बताउदै मञ्चमा आवद्ध पत्रकारहरुले शान्ति र बिकास पत्रकारीतामा जोड दिएको बताए । उनले यस पत्रकारको सम्मानले पत्रकारहरुमा नयाँ किसीमको उर्जा मिल्नेमा जोड दिए ।
मञ्चको भदौ २५ गते शनिबार सम्पन्न अधिबेसनले युबराज बिद्रोहीको नेतृत्वमा १७ सदस्सीय नया कार्य समिति चयन गरेको छ । मंच क्रियाशील पत्रकारहरुको स्वतन्त्र सस्था हो ।

Bhansar Bivag
Argakhachi Cement