राष्ट्र सङ्घ महासभाको चहलपहल सुरु

प्रकासित मिति: ५ आश्विन २०७३, बुधबार ०१:४०

न्यूयोर्क, संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको चहल पहल यहाँ सुरु भएको छ । महासभामा भाग लिन विश्वका सरकार प्रमुख तथा राष्ट्र प्रमुख न्युयोर्क आइपुग्नुभएको छ ।

महासभामा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनु भएको छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, सांसद मोहनबहादुर बस्नेत, मुख्य सचिव डा सोमलाल सुवेदी, परराष्ट्र सचिव शङ्करदास बैरागी, परराष्ट्रकै सहसचिव डा भरतराज पौड्याल, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीलगायत सम्मिलित हुनुहुन्छ ।

महासभाको समाचार सङ्कलनका लागि संसारभरका पत्रकार तथा सञ्चारकर्मी न्युयोर्क आइपुगेका छन् । यस पटकको महासभाको प्रमुख कार्यसूचीमा जलवायु परिवर्तन, आतङ्कवाद नियन्त्रण, विश्व शरणार्थी समस्यालगायत रहेका छन् । नेपाली प्रतिनिधिमण्डलका नेता एवम् परराष्ट्रमन्त्री डा महतले सेप्टेम्बर २४ का दिन सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबारै महासभालाई सम्बोधन गर्नुभयो ।

Bhansar Bivag
Argakhachi Cement