राहदानी वितरणमा देखिएको असहजता तुरुन्त हटाऊन सांसद ढकालको ध्यानाकर्षण

प्रकासित मिति: १६ पुष २०७९, शनिबार १६:०४

काठमाडौं । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादव संग भेटि राहदानी वितरणमा देखियको असहजता तुरुन्त हटाऊन ध्यानाकर्षण गरेका छन् । शुक्रबार राहदानी बिभाग त्रिपुरेश्वरमा पुगरी राहदानी बितरण लाई सहज बनाउन आबस्यक कदमको बारेमा छलफल गरेका हुन् । सांसद ढकालले सेवाग्राहीलाइ सहज तरिकाले छिटो सेवा उपलब्ध गराऊन विभागलाई आबस्यक पर्ने सहयोग सरकारको तर्फबाट उपलब्ध गराऊन पनि आफुले पहल गर्ने बताउनु भएको ढकालका सहयोगी हिम बहादुर गुरुङले जानकारी दिए। समयमा राहदानी नपाएर हजारौ जनताले दुख पाएको गुनासो सार्बजनिक भएपछि सांसद ढकालले पनि उक्त पहलकदमी लिएका हुन् । सांसद ढकाल पछिल्लो समय जनताको गुनासोलाई सम्बन्धीत नियायमै पुगेर समाधानको प्रयासमा जुटिरहेका छन् ।

Bhansar Bivag
Argakhachi Cement