रिचार्जर एप्सले ल्यायो शुन्य प्रतिशत ब्याजदरमा मोबाईल दिनेअफर

प्रकासित मिति: १७ श्रावण २०७५, बिहीबार ०१:२०

काठमाडौं । स्थापननाको छोटो समयमानै ग्लोबल की टेक्नोलोजी प्रालिको मोबाइल एप्स रिचार्जरले शुन्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । यो अफर रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुनेछ ।

रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथा पछि अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर सुरु हो । रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट ४ तारिखका दिन नर्बिन मगरले फहराउने भएका छन् ।

मोबाईल र मुल्य अनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ । ग्राहकले २० हजार रुपैयाँदेखि माथि जति पनि मूल्यका मोबाईल शुन्य प्रतिशत व्याजदरमा रिचार्जर एपबाट किस्ताबन्दीमा खरिद गर्न सक्छन् ।  योजनामा सिमीत ब्राण्डका मोबाइलको खरिदमा शुन्य प्रतिशत डाउनपेमेन्टको समेत व्यवस्था गरिएको छ । अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरी शुन्य प्रतिशत व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ ।

मोबाईल प्राप्त गर्नको लागि उपभोक्ताले आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । यो योजना हाललाई काठमाण्डौ उपत्यकाभित्र मात्र संचालन गरिएको छ । ‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी १ लाखभन्दा बढी डाउनलोड भैसकेको कम्पनीले बताएको छ ।

रिर्चाजर एप्स मार्फत ई सेवा, आईएमईमी पे लगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथा क्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीद गर्न सकिन्छ ।

Bhansar Bivag
Argakhachi Cement