काठमाडौं । नेपालमा कुष्टरोग प्रभावित व्यक्तिलाई अवहेलना गर्ने गरिएकाले रोग लुकाउने प्रवृत्ति रहेको बताइएको छ । पुनस्र्थापना तथा शशत्तिकरण तथा बिकास नेपालको ११ औ बार्षिक साधारण सभाका बत्ताहरुले कानुनले नै कुष्टरोग प्रभावित व्यक्तिलाई विभेद गरिएकाले त्यस्तो प्रावधान हटाउनु पर्नेमा जोड दिदै उनीहरुलाई समाजमा पुनस्र्थापना गर्नका स्वरोजगार मुलकुक कार्यक्रमहरु संञ्चालन गनु पर्नेमा जोड दिएका थिए ।
राजधानीको सोलु रेष्टुरेन्ट चाबहिलमा भएको कार्यक्रममा स्वास्थ्य बिभागका उप–महानिर्देशक चुडामडी भण्डारीले कुष्ठ प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई अहिले पनि समाजमा विभेद गर्ने र विभिन्न सामाजिक कार्यहरुमा सहभागि नगराउने गरेको बताउँदै यसको अन्त्यको लागि जनचेतना मूलक कार्यक्रममा जोड दिनुपर्ने बताए । भण्डारीले अझै पनि प्रत्येक बर्ष तीन हजार भन्दा बढी नयाँ कुष्ठप्रभाबित भेटीनु चुनौतिपूर्ण रहेको भन्दै सबै यस क्षेत्रमा काम गर्ने हरेक संघ संस्थाले हातेमालो गरेर अगाडि बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा आनन्द वन अस्पतालका कार्यकारी निर्देशक शोभाकर कडेलले कुष्ठरोग औषधिले निको हुने भएपनि समाजमा कुष्ठप्रभावित व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको बताए । उनले कुष्ठरोगको कारण परिवारिक झैझगडा हुने भएकोले उनीहरुको पुनस्थापनामा राज्यले ध्यान दिनुपर्नेमा जोड दिदै अझै पनि कुष्ठरोगसंग सम्बन्धीत कानुमा रहेका असान्दर्भिक शब्दहरु हटाउनुपर्नेमा जोड दिए ।
आइडिया नेपालका अध्यक्ष अमर तिम्लिसनाले कुष्ठ प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक पुनर्स्थापनामा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र राज्यले सहयोग गर्नु पर्ने कुरामा जोड दिए । उनले कुष्ठ प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र बनाउन कठिन हुने गरेको बताउँदै यसमा सहजीकरणको आवश्यकता औल्याए । कुष्ठ रोग निवारण संघका प्रशासकिय अधिकृत जित बहादुर हमालले कुष्ठ प्रभावित भएका व्यक्तिहरुका सवालका विषयमा सबै सरोकारवाला निकायहरुले मिलेर काम गर्नु पर्ने बताए ।
उनले कुष्ठ प्रभावित अपाङ्गता भएका व्यक्तिहरुको सही तथ्याङ्क पत्ता लगाउनु पर्ने उनीहरुको हक अधिकारका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए । आन्नद रुथ मेमोरियल फाउन्डेसनका अध्यक्ष गंगा शाहले कुष्ठरोगलाई जिल्ला स्तर देखि निवारणको लागि काम गर्नु पर्ने, एन कानूनमा कुष्ठ प्रभावित भएका व्यक्तिहरुका सवालहरु समावेश गरिनु पर्ने, हरेक क्षेत्रमा उनीहरुको पहुँच हुनु पर्नेमा जोड दिए ।
कार्यक्रमा संस्थाका अध्यक्ष बासुदेव यादवले कुष्ठ प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसँग आवद्ध गराउनु पर्ने, सहज रुपमा अपाङ्गता परिचय पत्र उपलब्ध गराउनु पर्ने, उनीहरुलाई समान व्यवहार गर्नु पर्नेमा जोड दिएका थिए । उनले कुष्ठप्रभावित व्यक्तिहरुलाई प्रत्यक्ष असर पर्नेगरी कुनै पनि शब्दावली राख्न नहुने बताउँदै यस्ता शब्द हटाउन सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
रिड नपालका सचिव रुपलाल डि.सीले नेपालका दुर्गम क्षेत्रमा पनि कुष्ठरोगसम्बन्धी कार्यक्रमहरु विस्तार गर्नुपर्नेमा जोड दिदै जनचेतना मुलक कार्यक्रम संञ्चालन गनुपर्नेमा जोड दिए । कृष्ठ प्रभाबित समाजका कोषाध्यक्ष जोगिन्द तक्माले कुष्ठरोगलाई समाजमा हेर्ने दृष्टिकोण फरक भएपनि औषधि सेवनबाट रोग पूर्ण निको हुने बताए । बार्षिक उत्सवमा चार दर्जन भन्दा बढी कुष्ठप्रभाबित ब्यक्तिहरुको सहभागिता रहेको थियो ।