रुकेशको पहिलो ‘कोशेली’

प्रकासित मिति: २२ फाल्गुन २०७३, आईतवार १५:५८

काठमाडौं । आफ्नो पहिलो साङ्गीतिक एल्बम ‘कोशेली’ लिएर नेपाली सांङ्गीतिक आकाशमा झुल्किएका छन् रुकेश सेढाई । आजभन्दा २२ वर्षअघि काठमाडौंको असनमा जन्मिएका सेढाई विद्यालयमा छँदै गायनमा अभिरुची राख्थे । विद्यालयका हरेक सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो गायनकला प्रस्तुत गर्ने सेढाई चर्चित पपगायक सविन राईबाट आफू प्रभावित भएको बताउँछन् ।
एक वर्षअगाडि आफ्नो पहिलो गीत ‘सुधार्नेछु आफ्नो गल्तिलाई’ रेकर्ड गराएर केही समयअघि उक्त गीतको म्युजिक भिडियो तयार पारेका थिए रुकेशले । बुबा राजु सेढाई र आमा रुपा सेढाईको मद्दतले गर्दा आफु यो क्षेत्रमा स्थापित हुन सक्छु भन्ने आशा उनमा पलाएको रहेछ । पारिवारिक सहयोगले नै उनी आज आफू सफल भएको सगौरव बताउँछन् ।
केही दिनभित्र सम्पूर्ण मिडियामा अडियो र भिडियो सार्वजनिक गर्न लागिएको उनको पहिलो गीत ‘सुधार्नेछु आफ्नो गल्तिलाई’ मा रुकेशको नै शब्दर संगीत भरेका छन् । म्युजिक भिडियो निर्माण तथा वितरणको कार्य संगत मिडिया सोलुसन प्रा.लि.ले गरेको छ भने छायाङ्कनमा शैलेश डंगोल, सम्पादनमा विजय जिरेल र निर्देशनमा घनश्याम तिमल्सिना (एण्टिना) रहेका छन् । संगत मिडियाको प्रस्तुतिमा निर्माण भएको उक्त गीतको म्यूजिक भिडियोमा नायक अर्जुन गौतम, रिना थापा, रुपमा सेढाई र मनोज खतिवडा लगायतको अभिनय रहेको छ ।
संगीतलाई आफ्नो जीन्दगीको एक पाटो मान्ने रुकेशको पहिलो सुरुवातसँगै भविष्यका थुप्रै साङ्गितिक खुड्किला चढ्ने कोशिशले उनलाई कहाँसम्म पु¥याउनेछ त्यो भने भविष्यको गर्भमा नै छ ।

Bhansar Bivag
Argakhachi Cement