रेडियो पर्यावरणको चौधौं बार्षिकोत्सव सम्पन्न

प्रकासित मिति: २१ माघ २०७४, आईतवार १४:०२

ललितपुर, माघ २१ गते । बिश्वको पहिलो वातावरण एफ.एम.रेडियो पर्यावरण १०४.२ मेगाहर्जको चौधौ बार्षिकोत्सव समारोह आज रेडियो कै प्राँगणमा सम्पन्न भएको छ । प्रमुख अतिथि नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले केक काटेर शुभारम्भ गर्नु भएको समारोहमा बिषेश अतिथि प्रदेश सभा ३ का सदस्य राजकाजी महर्जन, अतिथिहरु सामुदायिक रेडियो प्रसारक सँघका अध्यक्ष सुवास खतिवडा, पत्रकार महासँघ ललितपुरका अध्यक्ष ज्ञान प्रसाद पौडेल, सि.आई.एन.कार्यक्रम प्रमुख दिपक आचार्य,बाडेगाँउ प्रहरी प्रभागका प्रहरी निरिक्षक सञ्जीव कुमार खड्का लगायत स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरु लक्ष्मण ध्वज कार्की, लक्ष्मी बहादुर महर्जन र डा. दिपेन्द्र रोकायाले रेडियो पर्यावरणको महत्वबारे आ आफ्नो धारण ब्यक्त गर्नु भएको थियो । रेडियो सञ्चालक सँस्था युवा जारगरण पर्यावरीय मञ्चका अध्यक्ष डा.अष्टमान किसी महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रेडियोकर्मी नवराज सञ्जेलबाट भएको थियो । 

Bhansar Bivag
Argakhachi Cement