‘रेस्पेक्ट एण्ड राइज’ नामको सामाजिक संजाल सुरू

प्रकासित मिति: १४ फाल्गुन २०७४, सोमबार १५:०६

सलमान खान सहभागि हुने ‘दवाङ द टुर कन्सर्ट’को टिकटमा १५ प्रतिशत सम्म छुट सुविधा

काठमाण्डौं । एकले अर्कालाई सम्मान गरौ भन्ने भावना अभिवृदि गरिने उदेश्य सहित नेपाली युवाहरूको सक्रियतामा नयाँ सामाजिक संजाल शुरु भएको छ । ‘रेस्पेक्ट एण्ड राइज’ नामको यो संञ्जालले राम्रो सुरूवात गरेको छ । वी कनेक्ट ह्वार्इल एभ्रिवान बेनिफिटस् भन्ने मुलभुत आधार लिएको यो सामाजिक संजाल मार्फत विभिन्न क्रियाकलाप गर्न सकिने छ । ‘
रेस्पेक्ट एण्ड राइज’ मा सबै उमेर समुह देखि व्यवसायीहरूका लागि समेत उपयोगी सो संजालबाट सहज रूपमा न्यूज फिड र विविध जानकारी समेत पाउन सकिन्छ । साथै यसै संजाल मार्फत हरेक व्यवसायीले आफ्नो व्यवसायिक प्रर्वद्धन समेत गर्न सकिने सुविधा राखिएको युवा व्यवसायी राजीब श्रेष्ठ जानकारी दिएका छन् ।

Respect & Riseजापानको टोकियोमा व्यवसायी गरिरहेका राजीब श्रेष्ठ लगायतको लगानीमा सुरू गरिएको ‘रेस्पेक्ट एण्ड रार्इज’ संजाललाई आईटी ईन्जिनियर सन्तोष साह र अभिनास गुरूङले करिव दुइ वर्षको अनुसन्धान पछि सार्वजनिक गरिएको हो । एण्ड्रोइड र आइओए दुवै भर्सनमा उपलब्ध सो संजालले निकट भविश्यमा अझ पृथक सुविधाहरू समावेश गर्ने इन्जीनियर सन्तोष साहले जानकारी दिए । यसको प्रयोगले ब्यापार ब्यबसायकोको बारेमा जानकारी दिनुको साथै यसको प्रमोशनमा समेत सहभागी हुनेछन । भने यो प्रयोग कर्ताहरुले बिभिन्न किसीमका सेवा सुबिधाहरु समेत पाउनेछन् ।

यसैविच ‘रेस्पेक्ट एण्ड राइज’ टिमले काठमाण्डौमा आउन लागेका वलिउड सुपरस्टार सलमान खानको कार्यक्रम ‘दवाङ द टुर कन्सर्ट’को टिकटमा विशेष छुटको व्यवस्था गरेको छ ।
। सामाजिक संजालबाटै टिकट बुक गर्न सकिने भएकाले दर्शकहरूका लागि सहज हुने छ ।
यस मार्फत टिकट बुक गरे १५ सम्म प्रतिशत छुट दिने ब्यबस्था समेत गरिएको छ । यो बाहेक सलमान खानको सो को टिकटमा अन्य कहिबाट पनि छुटको ब्यबस्था छैन ।

Bhansar Bivag
Argakhachi Cement