रोटरीले निःस्वार्थ मानवसेवा गरेको छ – राष्ट्रपति भण्डारी

प्रकासित मिति: १२ आश्विन २०७३, बुधबार १४:४२

पोखरा,राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निःस्वार्थ रुपमा सेवा गर्दै आएकामा रोटरी क्लबको प्रशंसा गर्नुभएको छ ।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटानद्वारा आयोजित विद्यालयको साक्षरता र सरसफाइसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले पोलियो उन्मूलनमा रोटरीको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।

विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन शिक्षकको भूमिका अहम् हुने बताउँदै राष्ट्रपति भण्डारीले यसका लागि शिक्षकलाई तालिम दिई दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले मातृशिशुको मृत्युदरलाई कम गर्न रोटरीले अझ विशेष कार्यक्रमका साथ अघि बढ्नुपर्ने सुझाव दिँदै ग्रामीण र दुर्गम क्षेत्रका विद्यालयमा अभैm पनि स्वच्छ खानेपानी र शौचालयको अभाव रहेकोतर्फ ध्यानाकर्षण गर्नुभयो ।

शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले शिक्षा क्षेत्रको विकासका लागि सरकारले ठूलो लगानी गरेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा करिब ५०० रोटरियन प्रतिनिधिको सहभागिता रहेको छ

Bhansar Bivag
Argakhachi Cement