लगानी सम्मेलन २०१९ आजबाट सुरु हुँदै छ । सरकारले यस पटक आयोजनाको किटान नै गरेर ७७ वटा आयोजनालाई सोकेसमा राख्दैछ ।
आज (शुक्रबार) ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग र पर्यटनका विषयमा आयोजनहरूको जानकारी प्रस्तुत हुनेछ । दोस्रो दिन (शनिबार) पूर्वाधार, कृषि, नेपालमा लगानीको अनुभव सेयर, अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान हुनेछ । शनिबार साँझ ६ बजे सांस्कृतिक कार्यक्रमसहित सम्मेलनको औपचारिक अन्त्य हुनेछ ।