लगानी सम्मेलन २०७५’ मा विभिन्न १५ वटा परियोजनामा समझदारी भएको छ।शनिबार सम्पन्न सम्मेलनमा ऊर्जासहित विभिन्न क्षेत्रका १५ परियोजनामा लगानीका लागि समझदारी भएको होचाैधरी समूहकाे स्वामित्व रहेकाे सिजी टेलिकमले नेपालमा फाइभजी सेवा सञ्चालनका लागि टर्किस टेलिकम टर्कसेलसँग सैद्धान्तिक सम्झाैता गरेकाे छ।
६ सय मेगावाट साैर्य बिजुली उत्पादन गर्न चाैधरी ग्रुप र क्यानडाको कम्पनीसँग सम्झाैता गरेकाे छ नेपालमा फाेटाेभाेल्टिक बिजुली उत्पादन गर्न नेपालकाे व्यवसायिक घराना चाैधरी ग्रुपले क्यानडाकाे स्काई पावरसँग सम्झाैता गरेकाे हाे।भारतीय कम्पनी एसजेभिएन (सतलज) ले निर्माण गरिरहेको अरुण तेस्रोमा लगानी जुटेको छ।९ सय मेगावाटको यो परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रूपमा लगानी गर्ने भएका छन्। १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी जुटेको छ।उक्त परियोजनामा लगानी गर्न चीनको युनान सिन्ह्वा वाटर कम्पनी तयार भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने भएको छ।एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि एनआरएनएका अध्यक्ष भवन भट्टले लगानीको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । बनेपामा बुटिक भिलेज रिसोर्ट निर्माण हुने भएको छ। व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले उक्त रिसोर्ट निर्माणका लागि वैदेशिक लगानी जुटाएका छन्। उनले लगानीका लागि सिनीरे कन्सल्टसँग समझदारी गरेका छन्।विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)ले सिमरामा निर्माणधिन विशेष आर्थिक क्षेत्र निर्माण तथा सञ्चालनमा सहयोग गर्ने भएको छ।अबको तीन वर्षभित्र नेपालमा १ खर्ब बढी लगानी गर्ने घोषणा गरेको उक्त संस्थाले सिमराको सेज(गार्मेन्ट प्रोसेसिङ जोन )निर्माण गर्न सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।अपी पावर लिमिटेडले नेपालमा हावा, पानी र घामबाट बिजुली निकाल्न बेलायती कम्पनीसँग समझदारी गरेको छ।अपी पावरले युके फर दि डेपलभमेन्ट अफ इनर्जी प्रोजेक्ट र कँडेल ग्रुप अफ कम्पनीसँग समझदारी गरेको हो। यसका साथै अन्य परियोजनामा पनि साझदारी भएको छ।