ललितपुरको ठेचो धापाखेल रहेको एकता एकेडेमीले मनायो स्थापनाको १३ औ बार्षिक उत्सव

प्रकासित मिति: २५ फाल्गुन २०७५, शनिबार १२:४३

घोकन्ते शिक्षाको युग समाप्त : पूर्वमन्त्री ढकाल
ललितपुर । ललितपुरको ठेचो– धापाखेलमा रहेको एकता एकेडेमीको आफ्नो स्थापनाकालको १३ औं अभिभावक दिवस २०७५ विशेष कार्यक्रमका वीच मनाएको छ । कार्यक्रमको औपचारिक सुभारम्भ गर्दै नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले विद्यालयको भौतिक पूर्वाधार एवम् क्रियाकलाप अनुरुप स्कूलको नाम रहेको बताउँदै घोकन्ते शिक्षाको युग समाप्त भएको बताए ।
ढकालले खोज, अनुसन्धान, सहभागिता तथा अन्तरक्रियात्मक पद्धति मार्फत अध्यापन गराउन शिक्षक र शिक्षिकाहरुलाई सुझाब दिदै ढकालले शिक्षामा दक्षताको बिकासमा जति जोड दिइन्छ त्यो भन्दा बढी असल चरित्र निर्माणमा दिनु आबस्यक छ भन्दै बालबालिकाको उज्ज्वल भबिष्य निर्माण गर्न अभिभाबक, बिद्धालय तथा राज्य सबैको समान दायित्व रहेको उल्लेख गरे ।
ढकालले समृद्ध मुलुक सुखी नेपालीको अवधारणा कार्यान्वयन गर्नका लागि शिक्षा जगतको विकास आफैमा अपरिहार्य रहेको भन्दै यसको लागि विद्यालय व्यवस्थापन र अविभावक दुवैको उत्तिकै दायित्व रहेको बताए ।
१३ बर्ष अघि स्थापना भएको एकता एकडेमीले विभिन्न बिपन्न तथा जेहेन्दार बालबालिकालाइ छात्रबृति उपलब्ध गराएको तथा उत्कृष्ट बिद्धार्थी हरुलाई जापानमा शैक्षिक भ्रमणमा पठाएको एकता एकेडेमीका निर्देशक कृष्ण ढकालले बताए । उनले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयप्रति अविभावकले देखाएको सदासयताका कारण दिन दुइ गुणाको रफ्तारमा विद्यालयले पढाइमा मात्र नभइ विभिन्न अतिरिक्त क्रियाकलापमा समेत उच्चतम नतिजा प्राप्त गर्न सफल भएको जानकारी दिए ।
त्यस अवसरमा पूर्वमन्त्री ढकालले विद्यालयद्धारा आयोजित विभिन्न विधागत प्रतियोगितामा उत्कृष्ट रहेका विधार्थीलाई पुरस्कार वितरण गरेका थिए । बाषिक उत्सव समारोहमा समाजसेबी सन्तोष पौडेल, बिनोद डाँगी, पूर्व सांसद मिलन राजबंशी, प्राध्यापक नारायण गजुरेल, प्राध्यापक रामचन्द्र भण्डारी लगायतले बिद्यालयको प्रगतिको शुभकामना दिएका थिए । कार्यक्रममा बिद्धार्थी हरुले देशभक्त तथा शान्ति गित , खेल कौशल र कलाको प्रस्तुति समेत गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement