लाजिम्पाटमा खूल्यो नेवारी फुड्स

प्रकासित मिति: ३१ भाद्र २०७३, शुक्रबार ११:३०

काठमाडौं, राजधानीको लाजिम्पाटमा बिहीबारबाट हाइल्याण्ड फुड्स नेवारी रेष्टुरेन्ट एण्ड बार विविधत रूपमा सञ्चालनमा आएको छ । रेष्टुरेन्टको फिल्म ‘छक्का पञ्जा’की निर्देशक दीपाश्री निरौला, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर र फिल्म ‘बिजुली मेसिन’को टिमले रिबन काटी शुभारम्भ गर्नुभयो । कार्यक्रममा निर्देशक दीपाले आफ्नो फिल्मजस्तै नेवारी खानेकुरा पनि स्वादिलो हुने भन्दै रेष्टुरेन्टले ग्राहकको मन जितोस् भन्ने शुभकामना दिनुभयो । ‘मलाई पनि नेवारी खानेकुरा निकै मनपर्छ, छक्का पञ्जाजस्तै नेवारी खानेकुरा पनि स्वादिलो हुन्छ ।’ उहाँले भन्नुभयो । दीपाले युवाहरुले बनाएको फिल्म ‘बिजुली मेसिन’ ले आम दर्शकको मन जित्ने दाबी गर्नुभयो । निर्देशक समाजकी अध्यक्ष सुचित्राले रेष्टुरेन्टको प्रगतिको कामना गर्दै फिल्म ‘बिजुली मेसिन’ पनि नेवारी परिकार जस्तै स्वादिलो हुने आशा व्यक्त गर्नुभयो । नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले आफु नेवार समुदायकी महिला भएकाले नेवारी खानामा विशेष रुची रहेको बताउनुभयो । फिल्म ‘बिजुली मेसिन’का निर्देशक नविन अवालले नेपालमा पहिलोपटक साइन्स फिक्सनमा आधारित फिल्म बनाउने आफुहरुको प्रयासलाई दर्शकले रुचाउने बताउनुभयो । रेष्टुरेन्टकी कार्यकारी अध्यक्ष रविना श्रेष्ठले हाइल्याण्डमा नेपाली, इण्डियन, चाइनिज फ्लेबरका खानेकुराका आइटमसँगै नेवारी परिकारहरू पनि पाइने जनाउँदै आगामी दिनमा अझ राम्रा खानेकुराहरू राख्ने बताउनुभयो । रेष्टुरेण्टमा शान्त वातावरणमा पर्याप्त पार्किङ, मिटिङ हल, विभिन्न पाटीलगायतको सुविधार रहेको बताइएको छ ।

Bhansar Bivag
Argakhachi Cement