लेनदेन सम्बन्धी के छ कानुनी ब्यबस्था ?

प्रकासित मिति: ३० असार २०७९, बिहीबार १६:०२


बिष्णु गिरी ‘निश्चल’

समाजमा बस्ने हरेक मानिसले धेरथोर लेनदेन सबैले गरेकै हुन्छन चाहे त्यो साथीभाई होस या आफ्न्तबाट । लेनदेनले मानिसको व्यवहारिक जीवनका नियमित, आकस्मिक तथा भैपरी आउने आर्थिक गर्जो टार्ने काममा महत्वपूर्ण भूमिका खेल्छ । पछिल्लो समय लेनदेनमा धेरै ब्याजको प्रलोभनमा पर्दा कतिले साँवा रकम समेत गुमाउनुपर्ने अवस्था आउन सक्छ तसर्थ कति सम्म लिन पाईन्छ लेनदेनमा ब्याज भन्ने कुरा बुझन जरुरी हुन्छ ।
मिटर ब्याज, चक्रवर्ती ब्याज लगायतका चक्करमा फसेर ठुलो सास्ती र हैरानी बेहोरेका तथा कतिपयले श्रीसम्पत्ति सकेर सडकछाप भएका घट्नाहरु पनि हामीले हाम्रो समाजमा नै देख्ने गरेका छौ । मुलुकी देवानी संहिता २०७४ को लेनदेन सम्बन्धी व्यवहारको दफा ४७८ ले साहूले ऋणीसँग ब्याज लिन पाउने व्यवस्था गरेको छ । लेनदेन सम्बन्धी लिखत हुँदा लिखतमा ब्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहूले ऋणीबाट लिखतमा लेखिए बमोजिमको ब्याज लिन पाउने उल्लेख छ । साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक दश प्रतिशतभन्दा बढी हुन भने नहुने स्पष्ट व्यवस्था कानूनले गरेको छ । तर कुनै लिखतमा लिखत गर्दाका बखत ब्याज लिनेदिने कुरासम्म उल्लेख भएको तर ब्याजको दर किटान नगरी कागज गरिएको रहेछ भने त्यस्तो अवस्थामा साहूले ऋणीबाट साँवा रकमको वार्षिक दश प्रतिशतका दरले मात्र ब्याज लिन पाउँछ । तर लेनदेन हुँदा वा लेनदेनको लिखतमा ब्याज लिने दिने कुरा उल्लेख नभएमा साहूले ऋणीबाट ब्याज लिन नपाउने व्यवस्था कानूनले गरेको छ ।
कानुनमा के छ ?
लेनदेन भएको मानिनेः (दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीच कुनै शर्त राखी कुनै रकम वा वस्तु लिनु दिनु गरेमा निजहरूबीच लेनदेन भएको मानिनेछ । कुनै व्यक्तिले कुनै किसिमले कसैलाई कुनै रकम वा वस्तु दिनु पर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिए सरह मानिनेछ र त्यस्तो व्यक्तिले यस परिच्छेदको व्यवस्थाको अधीनमा रही सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नु पर्नेछ । लिखत नगरी लेनदेन गर्न नहुनेः कसैले पनि कानून बमोजिम लिखत नगरी लेनदेन गर्न हुँदैन ।
साहूले ऋणीसँग ब्याज लिन पाउनेः लेनदेन सम्बन्धी लिखत हुँदा लिखतमा ब्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहूले ऋणीबाट लिखतमा लेखिए बमोजिमको ब्याज लिन पाउनेछ ।उपदफा (१) बमोजिम साहूले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक दश प्रतिशतभन्दा बढी हुने छैन । उपदफा (१) बमोजिम लिखत हुँदा लिखतमा ब्याजको दर किटान नगरी ब्याज लिनेदिने कुरासम्म उल्लेख भएकोमा साहूले ऋणीबाट साँवा रकमको वार्षिक दश प्रतिशतका दरले ब्याज लिन पाउनेछ । उपदफा (१) बमोजिम लिखत हुँदा लिखतमा ब्याज उल्लेख नगरी मुनाफा लिने कुरा उल्लेख भएकोमा र त्यस्तो मुनाफा के कति लिने कुरा लिखतबाट नदेखिए साहूले ऋणीबाट ब्याज सरह लिन पाउनेछ ।
साहूले ऋणीबाट ब्याज लिन नपाउनेः लेनदेन हुँदा लिखतमा ब्याज लिने दिने कुरा उल्लेख नभएमा साहूले ऋणीबाट ब्याज लिन पाउने छैन । ब्याजको ब्याज नपाउनेः (१) साहूले ऋणीबाट ब्याजको ब्याज लिन पाउने छैन । साँवाभन्दा बढी ब्याज लिन नपाउनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि साहूले ऋणीबाट साँवाभन्दा बढी ब्याज लिन पाउने छैन । रकम भराएको मितिसम्मको ब्याज पाउनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ४८४ को अवधिभित्र नालिस गरेको रहेछ भने अदालतबाट साहूले ब्याज समेत पाउने गरी फैसला भएकोमा साहूले ऋणीबाट फैसला बमोजिम भरिभराउँदाको मितिसम्मको ब्याज समेत पाउनेछ ।
घरसारमा भएको लिखतको अवधिः (१) यस परिच्छेद बमोजिम घरसारमा भएको लिखतको अवधि बढीमा दश वर्षको हुनेछ । सगोलको सम्पत्तिबाट रकम भरार्ई लिन नपाउनेः (१) कसैले कुनै व्यक्तिसँग लेनदेन गरेकोमा त्यस्तो लेनदेनको लिखतमा घरको मुख्य व्यक्तिको सहीछाप नभएको भए सगोलको सम्पत्तिमा ऋणीको हक नपुगेसम्म साहूले त्यस्तो सम्पत्तिबाट आफ्नो रकम भराई लिन पाउने छैन ।
लेनदेन गरेको देखिएमा रकम भराई दिनेः कसैले यस परिच्छेद बमोजिमको रीत पु¥याई लिखत नगरे पनि कुनै लिखत, बैङ्किङ्ग कारोबार, विनिमेय अधिकारपत्र, चेक, भौचरबाट वा बही खातामा लेखिएको व्यहोराबाट कुनै व्यक्तिसँग लेनदेन भएको कुरा देखिन आएमा अदालतले त्यस्तो लिखत, बैङ्किङ्ग कारोबार, विनिमेय अधिकारपत्र, चेक, भौचरबाट वा बही खातामा लेखिएको आधारमा नालिस गर्ने व्यक्तिलाई ऋणीबाट त्यस्तो रकम भरार्ई दिन सक्नेछ ।

घरसारको लिखत हराए वा काबू बाहिरको परिस्थिति परेमा गर्नेः (१) घरसारमा भएको लिखत हराएमा वा काबू बाहिरको परिस्थिति परी नासिएमा साहूले सोही व्यहोरा खुलाई लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको मितिले पन्ध्र दिनभित्र सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ ।लेनदेन गरेको वस्तु कच्चा भएमा फिर्ता गर्नु पर्नेः (१) लिखतमा अन्यथा व्यवस्था भएकोमा बाहेक मूल्य राखी लेनदेन भएको कुनै वस्तु लिखतमा लेखिए बमोजिम नभई वा कुनै किसिमले कच्चा भई त्यस्तो वस्तु निजले भोग गर्न नसक्ने भएमा लेनदेन भएको मितिले पैँतीस दिनभित्र वस्तु दिने व्यक्तिलाई त्यस्तो कुराको सूचना गर्नु पर्नेछ । यथास्थितिमा वस्तु फिर्ता गर्नु पर्नेः (१) कसैले कुनै व्यक्तिको स्वामित्व वा भोगमा रहेको वस्तु कुनै खास कामको लागि भाडा तिर्ने वा नतिर्ने वा सापटी वा पैँचो जुनसुकै शर्तमा लिए पनि त्यस्तो कार्य सम्पन्न भएपछि आपूmले जुन प्रकार, परिमाण र गुणस्तरको वस्तु लिएको हो सोही प्रकार, परिमाण र गुणस्तरको वस्तु स्वामित्व वा भोगवालालाई फिर्ता गर्नु पर्नेछ ।
लेनदेनको घरसारको लिखतको हदम्याद दश वर्ष हुन्छ । लेनदेनका विषयमा विषयमा विवाद भई अड्डा अदालतमा मुद्दा मामिला परेमा र अदालतबाट साहूले ब्याज समेत पाउने गरी फैसला भएकोमा साहूले ऋणीबाट फैसला बमोजिम भरिभराउँदाको मितिसम्मको ब्याज पाउने व्यवस्था कानूनले गरेको छ । विगो खुलेको लिखतको हकमा अदालतमा मुद्दा दर्ता गर्दाका समयमा बुझाउनुपर्ने कोर्ट फी, आयटिकट दस्तुर वापतको रकम शुरुमा साहूले बुझाउनुपर्ने कानूनी व्यवस्था भएतापनि विगो भरिभराउ गर्दाका अवस्थामा त्यस्तो रकम समेत अदालतले ऋणीबाट नै असूल उपर गराउने कानुनी ब्यबस्था छ ।

Bhansar Bivag
Argakhachi Cement