प्रधानमन्त्री शेरबहादुर देउवाले वामगठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् ।झापाको गौरादहमा सोमबार आयोजित नेपाली काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निरकुशंता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको बताए ।
धेरै संर्घष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको उनको आरोप छ । उनले अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्ने बीचको चुनाव समेत भएकोले विचार पुर्याएर मतदान गर्न आग्रह समेत गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले, माओवादीले लोकतन्त्रको भर्याङ्ग चढेर नेपालमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाए । अहिलेको वामगठबन्धन नेपाललाई साम्यवादको जन्जीरमा लैजाने प्रपञ्च मात्रै भएको भन्दै नेता पौडेलले गठबन्धन गरेर केपी ओली र प्रचण्ड पछुताउने बताए ।