काठमाण्डौं । २७० घर परवार रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं १० को समन्वयमा अहिले स्वास्थ्य परिक्षण र अध्ययन भैरहेको छ । नेपाल मेडिकल कलेज जोरपाटीको सहयोगमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक कक्षाका लागी यो अभियान संचालन गरेका हुन् । उनीहरुले जनरल चेकअप गर्ने तथा समस्या देखिएमा अस्पताल रिफर गर्ने गरेका छन् । यसरी उपचारमा आउने बिरामीलाई ५० प्रतिशत छुट दिने अस्पताले जनाएको छ । अभियानले स्वास्थ्य सचेतनामा महन्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
अभियानमा नेपाल मेडिकल कलेजका छैटौ सेमेस्टरका बेसिक साइन्सका १३५ विद्यार्थीहरुले प्रति विद्यार्थी २ परिवारका दरले १ वर्ष सम्म नियमित स्वाथ्य अवलोकन र निरीक्षण गर्नेछन । अहिले सम्म दजनौ घरहरुमा गएर यो स्वास्थ्य परिक्षण र अन्यअध्ययन गरिएको र यो अभियान निरन्तर चल्ने छ ।
अभियानले बिभिन्न स्थानम स्वास्थ्य परिक्षण समेत गर्ने छ यहि क्रममा सोमबार वालउद्दार मावीमा स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको छ । यो अध्ययन र अभियानलाई वडाका सबै टोल हरुमा पुर्याउने योजनामा रहेको वडा नं १० का अध्यक्ष नवराज भट्टराईले बताए ।यसका अलावा वडा नं १० मा अन्य रचनात्मक र जनहितकारी कार्यक्रम तयार पारी रहेको र त्यसको कार्यान्वयनमा लाग्ने भट्टराईले बताए । उनले जेष्ठ नागरिक, गर्भवती महिला तथा ३ बर्ष मुनिका बच्चाहरको लागि स्वास्थमा बिशेष अभियानै संञ्चालन गर्ने तयारी गरेको जानकारी भट्टराईले दिए । बडाभित्र रहेका हरेक बिद्यालयहरुमा पनि स्वास्थ्य अभियान चलाउने बताए ।