वाम गठबन्धनले चुनाब जित्न अरुलाई गालि गर्नु पर्दैन : अध्यक्ष ढकाल

प्रकासित मिति: १५ मंसिर २०७४, शुक्रबार ००:५९

पूर्व प्रधानमन्त्री माधव नेपाललाई एकनाथ ढकालको साथ
१५ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा काठमाडौँ निर्बाचन क्षेत्र नम्बर २ का वाम गठबन्धनको तर्फवाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार माधब कुमार नेपाललाई परिवार दलका अध्यक्ष एकनाथ ढकालले साथ दिएका छ । बिहिबार साखुमा नेता नेपालको निर्बाचन क्षेत्रमा आयोजित आम सभामा बोल्दै ढकालले पूर्व प्रधानमन्त्री नेपाल सिंगो देशको राजनेता हुन भन्दै काठमाडौँ २ नम्बर क्षेत्रका सबै नागरिकले उहाँलाई मतदान गर्न आग्रह गरे ।
पूर्व मन्त्री समेत रहेका ढकालले माधब नेपाल एक अनुभबी, क्षमतावान, राष्ट्र र जनताप्रति निष्टावान तथा विकास प्रेमी नेता रहेको बताए । ढकालले वाम गठबन्धनले चुनाब जित्न अरुलाई गालि गर्नु पर्दैन भन्दै जनताको ताली वाट चुनाब जित्ने निश्चित भैसकेको जिकिर गरे ।
नेता ढकालले वाम गठबन्धनको पक्षमा देखिएको जनलहरले लुटतन्त्र मच्चाउनेहरुको मनमा भुइचालो गएको र स्वाभिमानी जनतामा खुशियाली छाएको भन्दै एतिहाँसिक पृष्टभुमि भएका दुइ प्रमुख दलहरु एक ठाउमा उभिनु सामान्य परिघटना नभएको र यस गठबन्धनलाई जनताले होस्टेमा हैसे गरे देश जुरुक्क उठ्न सक्ने जिकिर गरे ।
संबिधान निर्माण भैसकेको अबस्थामा कार्यन्वयनको लागि माधब नेपाल जस्ता अग्ला नेताहरुको संसदमा खाँचो रहेको भन्दै ढकालले २ नम्बर क्षेत्रका बासिन्दाले आफ्ना समस्याहरु पूर्व प्रधानमन्त्रिको जिम्मा लगाउन पाउनु गौरबको बिषय रहेको ठोकुवा गरे । शान्ति प्रकृयाको एक योजनाकार, वाम गठबन्धनको शिर्ष नेता तथा सबैलाई मिलाएर अघि लैजान सक्ने खुबी भएका नेता माधब नेपालले चुनाब जित्दा कुनै एक पार्टीको मात्र जित नभई सम्पूर्ण देशको जित हुने भएकोले पनि नेता नेपालको जित अपरिहार्य भएको उल्लेख गरे । यही गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले मुलुकमा स्थायित्व र आर्थिक संमृद्धि ल्याउने ढकालले स्पष्ट पारे ।
अध्यक्ष ढकालले सबल राष्ट्रियता, संविधानको कार्यान्वयन, आर्थिक विकास, दिगो शान्ति, लोकतन्त्रको सुदृढीकरण तथा नैतिकवान् समाज सृजना गर्न गठनबन्न सकिय भएको बताए ।

सभामा नायक भुवन केसीले पनि नेता नेपाल लगायत वाम गठबन्धनलाई बिजयी गराउन अपिल गरे ।

Bhansar Bivag
Argakhachi Cement