६ मंसिर, चितवन । बाम प्रगतिशिल गठबन्धनका नेता एवम् नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले वाम प्रगतिशील गठबन्धन बीपीको प्रजातान्त्रिक समाजवादकै बाटोमा अघि बढेको बताएका छन् ।
मङलबार चितवनको पारस बसपार्कमा आयोजित बृहत चुनाबी सभालाई सम्बोधन गदै नेता ढकालले असल र सफल नेताजति वाम प्रगतिशील गठबन्धनमै रहेको दाबी गरे । उनले सबल राष्ट्रियता, संविधानको कार्यन्वयन, आर्थिक संमृद्धि, दिगो शान्ति र लोकतन्त्रको सुदृढीकरणको खातिर वाम प्रगतिशील गठबन्धन निर्माण भएको दाबी गदै गठबन्धनमा आउँन अन्य दललाई समेत आग्रह गरे ।
पूर्वमन्त्री समेत रहेका ढकालले बिगतको निर्बाचनमा परिवार दललको चुनाब चिन्ह साँचोमा मतदान आफ्ना मतादातालाई भने “ साँचो अब सुर्य र गोलाकार भित्रको हसिया हथौडा भैसक्यो, यसैमा मतदान गर्नु होला“। अध्यक्ष ढकालले चितवनका प्रतिनिधि सभाका उम्मेद्वारहरु सुरेन्द्र पाण्डे सफल अर्थमन्त्री, कृष्णभक्त पोखरेल सबैको लोकप्रिय र पुष्प कमल दाहाल “प्रचण्ड“ शान्ति प्रकृयाको एक हस्ताक्षर कर्ता भन्दै उहाँहरुको प्रतिस्पर्धी कोहि हुन नसक्ने भन्दै जित सुनिश्चित रहेको बताए ।
नेता ढकालले स्वर्गीय प्रधानमन्त्री गिरिजा बाबु प्रति सहि सम्मान प्रकट गर्न पनि कांग्रेस कार्यकर्ताहरुले नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड लाइ मतदान गर्नु पर्ने तर्क प्रस्तुत गरे ।सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेवार एवं माओवादी अध्यक्ष प्रचण्ड कम्तिमा १०र१५ हजार मतान्तरले जित्नु पर्ने बताएका छन् । वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्दै ओलीले विगतलाई बिर्सिन र सानो चित्त नबनाउन आग्रह गरे । उनले भने, ‘१० १५ हजार भोटले पुष्पकमल दाहाल प्रचण्ड नजित्ने हो भने एमालेलाई लाज हुन्छ कि हुँदैन ? सभामा एकलाख भन्दा बढीको उपस्थती रहेको थियो ।