विकास बजेट खर्च गर्न सबैमा इच्छाशक्ति हुनुपर्छःअर्थमन्त्री

प्रकासित मिति: २९ पुष २०७३, शुक्रबार १५:१२

पोखरा, २९ पुस । उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीयस्तरमा हुने मेला र महोत्सवले आर्थिक विकासलाई चलायमान बनाउने र स्थानीयस्तरमा उत्पादित वस्तुले बजार पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

स्थानीय अमरसिंह चौरमा आयोजित सातौँ पोखरा महोत्सवका अवसरमा अर्थमन्त्री महराले पुँजीगत खर्च हुन नसकेकामा चिन्ता व्यक्त गर्दै विकास बजेट खर्च गर्न सबैमा इच्छाशक्ति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सीमित स्रोत र साधनलाई अधिकतम परिचालन गरी नगरलाई स्वच्छ, सुन्दर र हराभरा बनाउन आग्रह गर्नुभयो ।

महोत्सवबाट प्राप्त आम्दानीले पोखरालाई उज्यालो अभियानअन्तर्गत सौर्य बत्ती जडान, चिडियाखाना निर्माण, सेती नदी संरक्षण एवम् शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा योगदान पु¥याउने बताइएको छ । महोत्सवमा यस पटक नील गाई, रतुवा मृग, हुचिल, अजिङ्गरलगायत जनावरहरुको प्रदर्शन गरिनेछ ।

महोत्सवमा हस्तकलाका सामान, व्यावसायिक सङ्घसंस्थाको सेवा, सूचना प्रविधिको प्रदर्शनी तथा उपभोग्य वस्तु र लत्ताकपडा बिक्रीका लागि २२० कक्ष राखिएका छन् ।

Bhansar Bivag
Argakhachi Cement