विज्ञान प्रदर्शनी फेरिल्याड स्कुल तृतिय

प्रकासित मिति: ९ असार २०७६, सोमबार ०७:२२

काठमाडौ । बुढानिलकष्ठ नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा भएको विज्ञान प्रदर्शनीमा बालुवाखानीमा रहेको फेरिल्याण्ड बिद्यालयले तस्रो स्थान हासिल गरेको छ । यहि असार ६ र ७ गते प्रदर्शनीको आयोजना गरेको हो । सोही अवसरमा हाजिरी जवाफ ( कक्षा १(५) , एकल आधुनिक गायन( कक्षा ६(८) का कार्यक्रम समेत गरिएको थियो । विज्ञान प्रदर्शनीको मूल्यांकनका लागि नाष्टका वरिष्ठ वैज्ञानिकहरूको एक समूह नै उपस्थित रहेको थियो भने करिब ३ घन्टा लगाएर गरिएको मूल्यांकनको नतिजा सार्वजनिक गर्दै फ्युजन एकेडेमीका प्रीन्सिपल तथा विज्ञान प्रदर्शनी प्रतियोगिताका संयोजक श्री कृष्ण भण्डारीले भ्याली पब्लिक स्कुल, रिलायन्स इन्टरनेसनल स्कुल, फेरिल्याण्ड स्कुल र नवज्ञानभूमी स्कुललाई क्रमशः प्रथम, द्वितीय ,तृतीय र सान्त्वनाको रूपमा घोषणा गरेका थिए ।
बिजेताहरुलाई बुढानिलकष्ठ नरपालिकाका मेयर उद्धव प्रसाद खरेलले मेडल प्रमाणपत्र , ट्रफी र नगद ५०००,४०००,३००० र २००० पुरस्कार प्रदान गरेका थिए । पुष्पलाल मेमोरियल स्कुलका प्रीन्सिपल तथा एन( प्याब्सन बुनपा का अध्यक्ष नारायणबाबू तिम्सिनाको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप संचालन समिति गठन गरि सम्पन्न गरिएको उक्त कार्यक्रमको पुरस्कार बितरण तथा समापन समारोह असार ७ गते शनिबार अपरान्ह ३स्३० बजे बूढानीलकण्ठ स्कुलमा शिक्षा शाखाका प्रमुख जगन्नाथ उपाध्यायको सभापतित्व तथा बुनपाका प्रमुख उद्धवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । प्याब्सन बुनपाका सचिब टीका गौतमले संचालन गरेको उक्त कार्यक्रममा शिक्षा शाखाका शाखा अधिकृत मुकुन्दकेशरी पोखरेल, श्रोतव्यक्ति रुद्र कार्की, शिक्षा समिती सदस्यहरू खेमराज घिमिरे, जे एस पौडेल , मिमकाजी श्रेष्ठ , समीर वास्तोला , अतिरिक्त क्रियाकलाप संचालन समिति सदस्यहरू विष्णुचन्द्र अधिकारी र दिपक कार्की, एन प्याब्सनका प्रदेश नं. ३ का सह सचिब डि एन महतो, रिलायन्स स्कुलका प्रीन्सिपल खेमलाल भुषाल र भ्याली पब्लिस्कुलका सह प्राचार्य महेश अधिकारी अतिथिको रूपमा रहनु भएको थियो।

Bhansar Bivag
Argakhachi Cement