काठमाडौं लोक संस्कृतिको धरोहर मानिने मारुनी र च्वाब्रुङ नाच लोप हुने अवस्थामा पुगेको छ । तर, यही नाच देखाएर इष्ट पोल इंलिस वोर्डिङ स्कुलले अन्तर विद्यालयस्तरीय लोक गीत गाएर सबैलाई मोहित बनायो ।
आजभोलीका युवा लोक संस्कृति होइन, ¥याप र हि पपमा रमाउने गर्छन् । जसका कारण नेपाली लोक गीत हराउन थालेका छ । तर, इष्ट पोलमा अध्ययनरत विद्यार्थीले मारुनी र च्याव्रुङ गाउँदा कमलीकान्त भेट्वाल निकै भावुक पनि बने । उनले भने, ‘अंग्रेजीमा रमाउने विद्यार्थीले पुराना भाका गाउनु एकदमै राम्रो हो ।’
त्यसो त दोस्रो स्थान पाउन सफल ओम बज्र सकलमा विद्यार्थीले लेकाली ए चोयाको डोको बोलको पुरानो गीत गाउदा आधुनिक शैलीका गीतमा रमाउँदै आएका विद्यार्थी पनि कम्मर मर्काउँदै नाच्न थालेका थिए । ¥याप र हिपपमा कम्मर कमाउन बानी परेका युवाले लोक गीतमा स्वर दिँदा र कम्मर मर्काउँदा अभिभावक पनि चकित परेका थिए । पिस नेपालका विद्यार्थीले पूर्वेली भाषा कमर बारुलै बोलको गीत गाउँदाको माहोल अर्कै बनेको थियो । मुसलधारे वर्षाको वास्ता नगरी विद्यार्थीले आफ्नो सुमधु स्वरले वर्षात्लाई भुल्न बाध्य बनाएको थियो ।
राजधानीका नीजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीेले नेपाली भाषाका गीत गाउन छाडेपछि त्यसको संरक्षणका लागि जोन एकेडेमीले अन्तर विद्यालय स्तरीय लोक गीत प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा उपत्यकाभित्रका ३५ वटा विद्यालयले भाग लिएको सो प्रतियोगितामा इष्ट पोल इंगिल वोडिङ स्कुल प्रथम, ओम बज्र स्कुल दोस्रो, पिस नेपाल तेस्रो तथा टाइनलाइन स्कुल र एकता जेम्स स्कुलले सान्त्वना जित हासिल गरेका थिए ।
सो प्रतियोगितामा सहभागी विद्यार्थीले पूराना लोक गीत गाएका थिए । उनीहरुले लोप हुन लागेका पुराना चर्चित गीत गाएका थिए । कमलीकान्त भेटवाल, यसोदा पराजुली र एकनारायण भण्डारी निर्णायक रहेको सो प्रतियोगिताका विजयीलाई जोन एकेडेमीका निरीक्षक भोलाराज खनाल र प्रिन्सिपल घनेन्द्र बस्नेतले पुरस्कार वितरण गरेका थिए ।