जिल्ला इन्चार्ज कुमार पौडेल मारिए
सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागि विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु भएको छ। । लालबन्दी नगरपालिका वडा नम्बर १ मा गोली हानाहान भएको हो। पौडेल विप्लवका जिल्ला इन्चार्ज हुन्।
केही अघि भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा पनि प्रहरीको गोली लागेर एक कार्यकर्ताको मृत्यु भएको थियो।