विभेदहरुको अन्त्य गरी शान्ति स्थापना गर्न ‘पिस रोड’

प्रकासित मिति: २५ श्रावण २०७४, बुधबार १५:४२

साउन २५ काठमाण्डौं । विश्वमा शान्ति स्थापनाको पवित्र कार्यमा टेवा पु¥याउने उद्देश्यले ‘पिस रोड’ (शान्ति राजमार्ग) नामक कार्यक्रमको यही श्रावण २५ गते बुधबार भौतिक पुर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले उद्घाटन गरेका छन् ।

युनिभर्सल पिस फेडेरसन, नेपालको आयोजनामा भएको कार्यक्रममा मन्त्री, सांसद, सामाजिक अभियन्ता, शान्तिदूत, शिक्षक, विद्यार्थीलगायत विभिन्न समुदायका गरी ३ सयभन्दा बढीको सहभागिता रहेको थियो ।
समारोहमा बोल्दै भौतिक पुर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले यस्ता किसिममको कार्यक्रमले शान्ति स्थापनामा टेवा पुग्ने बताउँदै शान्ति भूमि नेपाललाई विश्वमा चिनाउनु पर्नेमा जोड दिए ।

नारायणचौर, नक्सालदेखि शुरु भएको ‘पिस रोड’ ¥याली रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर समापन गरिएको थियो । शान्तिबाटिकामा पुगेपछि ¥याली कोणसभामा परिणत भएको थियो । सभामा मन्त्री बलायर लगायत विशिष्ट व्यक्तिहरूले सम्बोभन गरेका थिए । सांसद मिलन राजवंशीले स्वागत मन्तव्य राखेकी थिइन् भने विश्व शान्ति तथा एकीकृत परिवार संघका अध्यक्ष सन्तोष पौडेलले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

सो कार्यक्रममा पूर्वमन्त्री, कुन्तीकुमारी शाही, सांसद मिलन कुमारी राजबंशी, रामहरि खतिवडा, विकास लम्साल, हरिप्रसाद उप्रेती, छायाँ शर्मा पन्त, डोरप्रसाद उपाध्याय, अनिता परियार,जितु गौतम, श्रीमाया थकाली,मोहनसिह राठोर, हरिलाल ज्ञवाली,धमेन्द्र शाह तेली लगायत दुई दर्जनभन्दा बढी सांसदको उपस्थति रहेको थियो ।

विश्वमा जताततै अशान्ति बढ्दै गएको छ । हरेक मान्छेले खुशी र शान्ति खोजिरहेका छन् । मान्छेले आफ्नो अस्तित्व नै नबुझ्नाले धेरै दुःख पाइरहेका छन् । यही अशान्ति र दुःखबाट शान्तितिरको यात्रास्वरुप पिस रोड कार्यक्रमको सुरुआत भएको हो । विश्वव्यापी अभियानकै रूपमा हाल यो कार्यक्रम विश्वभरि नै मनाउने गरिन्छ । यसको उद्देश्य विश्वमा भएका सम्पूर्ण धार्मिक, जातीय विभेदहरुको अन्त्य गरी शान्ति स्थापना गर्नु हो । विभाजित भएर रहेको मानव जातिलाई एक बनाउनु हो ।

विश्वप्रसिद्ध शान्तिवादी आध्यत्मिक नेता डा. सन् म्योङ मुनले विश्वमा शान्ति स्थापनाका बाटाहरु देखाउने क्रममा नै यो अभियानको शुरुवात गरेका थिए । नेपालमा पनि यूनिभर्सल पिस फेडेरेसन नेपालले विगत १२ वर्षदेखि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।

Bhansar Bivag
Argakhachi Cement