नेपाल नागरिक उड्डयन प्राधिकरणले ५३ नेपालीसहित विदेशी नागरिक दुर्घटनामा परेको बताएको छ।१०ः३२ मा पोखराको लागि उडेको जहाजमा ५३ नेपाली, ५ भारतीय, रसियन ४ जना रहेका छन्। कोरियन २ सहित आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रन्सका एक–एक जना रहेको प्राधिकरणले जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले एनवाईटी ६९१, ९एन एएनसी पोखरा टावरमा १०ः५० सम्म सेती खोचमा सम्पर्क आएको थियो।