विमान दुर्घटनाप्रति सासद ढकालद्वारा दुःख व्यक्त

प्रकासित मिति: १ माघ २०७९, आईतवार ०८:०८

काठमाडौँ। प्रतिनिधी सभाका सदस्य एव पूर्वमन्त्री एकनाथ ढकालले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक संञ्जाल फेसबुक मार्फत सांसद ढकालले लेखेका छन् । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त मर्माहित भएको छु । दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह गर्दछु । भबिस्यमा यस्ता दुर्घटना हुन नदिन आबस्यक साबधानी अपनाउन पनि म सरोकारवालाहरुलाई सासद ढकालले आग्रह गरेका छन् । विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदी किनारमा दुर्घटना भएको थियो।

Bhansar Bivag
Argakhachi Cement