मोरङको औद्योगिक नगरी विराटनगरलाई सर्वसम्मतरुपमा प्रदेश १ को स्थायी राजधानी घोषणा गरिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो ।स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने चर्चा चले पनि विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोक्न सम्भव भएको हो प्रदेश १ मा कुकल ९२ जना प्रदेशसभा सदस्यहरु छन् । तीमध्ये ८६ जनाको उपस्थितिमा स्थायी राजधानी विराटनगरलाई राख्ने प्रस्ताव पारित भएको प्रदेश सभाले जानकारी दिएको छ ।