विराट हिन्दू सम्मेलन र हाम्रो चासो

प्रकासित मिति: २ कार्तिक २०७३, मंगलवार ०१:२८

केशवप्रसाद चौलागाईं
यही २०७३ कार्तिक ४,५ र ६ गते काठमाडौंमा विराट हिन्दू सम्मेलन गर्ने विश्व हिन्दू महासंघको निर्णय अनुरुप पत्रकार सम्मेलन मार्फत सम्मेलनको उद्देश्य र छलफलका विषयहरु पनि सार्वजनिक गरे पश्चात सवैको चासो बढेर गएको छ ।
विश्वको एकमात्र हिन्दूराष्टको पहिचान बनाएको नेपालमा गणतन्त्र र धर्मनिरपेक्ष घोषणा भए पश्चात हुन गइ रहेको सम्मेलनले सवैलाई आकर्षित तुल्याउनु स्वभाविकै पनि हो । विषयको गम्भीरता र अन्तर्राष्ट्रिय द्वन्द्वको समयमा यस हिन्दू सम्मेलनलाई सार्थक बनाउन के के गर्नुपर्ला ? भन्दै विश्लेषण गर्दा निम्न कुराहरुलाई विचार गर्नु पर्ने देखिन्छ ।
स्पष्ट विचार र सक्षम नेतृत्व
विश्वहिन्दू महासंघको गरिमा र महत्वलाई शास्त्रीय मान्यता र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई अनुसन्धान र विश्लेषण गर्दै मौलिकता र समयसापेक्षतालाई अक्षुण राख्दै विकास गराउनु पर्ने तर्फ स्पष्ट मार्गदर्शनको आवश्यकता छ । आदिगुरु शंकराचार्यको आगमन पश्चात सनातन हिन्दू धर्मको सम्बन्धमा निर्णयहरु लिन उहाँको मतलाई प्राथमिकता दिनुको साथै काशीको सर्वमान्य अवस्थलाई आजको दिनमा कसरी स्वीकार गर्ने प्रमुख सवाल हो । आफ्नो मात्र कुरा जानेर वा हेरेर निर्णयहरु गर्ने भन्दा पनि अन्तर्राष्ट्रिय अभ्यास, प्रतिस्प्रर्धा र विषयहरुलाई पनि छलफलको विषय बनाउँदै भविष्यमा आइपर्ने समस्याहरुका विषयमा समेत निर्णयहरु गरेर धर्मको मार्गदर्शन गराउनु पर्ने देखिन्छ ।
यसरी हेर्दा आज न त चार प्रमुख शंकराचार्यहरुको सामुहिक निर्णयहरु देखिन्छ न त काशीको नै केन्द्रिय र सर्वमान्य भुमिका देखिन्छ । त्यस्तै विषयगत कुराहरुमा साई अवतार र प्रभाव देखि वेद विहिन हिन्दू धर्म सम्प्रदाय, तन्त्र । छुवाछुतको विषयमा नै कुनै सर्वमान्य निर्णयहरु निर्णयक भनिने स्थान र गुरुहरुबाट नै आउँदछ । धर्म परिवर्तनको क्रमलाई प्रभावहिन बनाउने उपाय र खाँचोका विषयमा पनि सामुहिक प्रयास र सहयोग वारे कतै पनि गम्भिरता देखिन्न । यस्तो अवस्थामा गुज्रिइरहेको सनातन हिन्दू धर्मलाई सैद्धान्तिक, शास्त्रीय र व्यावहारिक नीतिहरु द्वारा अघि बढाउने निर्णय विराट हिन्दू सम्मेलन मार्फत अपेक्षा गरिइने विषय हुन् । बहुसंख्य हिन्दूहरुको बसोबास रहेको भारत, नेपाल, भुटान र वंगलादेश विभिन्न प्रकारका द्वन्द्व र हिंसाबाट गुज्रिरहनु परेको अवस्थामा द्वन्द्वरुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भुमिकालाई स्थापित गराउनु पनि हिन्दू सम्मेलनको महत्वपूर्ण उत्तरदाइत्व हो । माओवादी हिंसा, जातिय हिंसा, आतकंवादी हिंसाबाट भारत गुज्रिरहेको छ भने नेपाल पनि १० वर्षे माओवादी हिंसाका साथै जातिय, क्षेत्रीय हिंसाबाट पिडीत बन्दै अगाडि बढीरहेको छ । भुटान, बंगलादेश र पाकिस्तानमा अल्प संख्य हिन्दूहरुमाथि भइरहेको दमनले शरणर्थी बन्नु पर्ने बाध्यता भएको छ । यस्तो परिस्थितिबाट उन्मुक्ति दिलाउने प्रयास पनि विराट हिन्दू सम्मेलनबाट हुनुपदर्छ भन्ने हिन्दू जगतको आशय रहेको छ ।
धर्म निरपेक्षता एक प्रमुख समस्याः
धर्म निरपेक्षताका सम्बन्धमा शास्त्रिय र संवैधानिक दृष्टिकोण बनाउँदै खण्डन गर्नु यस सम्मेलनको प्रमुख दाइत्व देखिन्छ । सवै धर्म प्रति समान व्यावहार गर्ने, धार्मिक स्वतन्त्रताको ज्ञारेन्टी गर्ने, राज्यको आफ्नो धर्म नहुने हुँदा धर्मको मामिलामा तटस्थ बस्नु पर्ने जस्ता कुराहरुले धर्म निरपेक्षतालाई समाधानको रुपमा प्रस्तुत गर्नाले उत्पन्न विकृतिलाई हटाउन शास्त्रीय र संवैधानिक कानुनी कुराको निक्र्योल गरिइनु पर्नेछ । सबै भाषाको शब्दकोषमा धर्म निरपेक्षताको परिभाषा नकारात्मक पाउँदा पाउँदै, अन्तर्राष्ट्रिय प्रचलनमा पनि कुनै आदर्श सिद्धान्त प्रमाणित हुन नसक्दा सक्दै पनि सबैका लागि प्रिय देखिइनु, मानिइनुलाई धार्मिक क्षेत्रको, बौद्धिक जगतको अकमर्णयताको रुपमा लिइनु पर्दछ जस्तो लाग्छ ।
धर्म निरपेक्षता र भारतः
भारतीय मूल संविधानमा सेकयुलरलाई अस्विकृत गरिएको अवस्थामा भारतीय प्रधानमन्त्री स्व. इन्दिरा गान्धीले सन् १९७६मा आपातकाल घोषणा गरेका बेला संविधानमा संशोधन गरी धर्मरिनपेक्ष परिभाषित विनै संविधानमा समावेश गरेको देखिन्छ । अंग्रेजी र हिन्दी भाषामा आधारित संविधानमा हिन्दी भाषामा ‘पन्थ’ निरपेक्ष लेखिएकोले हिन्दूहरुले त्यति चासो नदिएको देखिन्छ । तर, नेपालमा सिधै नेपाली भाषामा धर्म निरपेक्ष लेखिइनु र अर्थचाहीँ धर्म सापेक्षको सुहाउँदो राख्नुले हास्सास्पद बन्न पुगेको छ । यसै सन्र्दभमा भारतीय सुप्रिय कोर्टले (कतबष्लकबिगकच कतबतभ या ः।ए।, ब्क्ष्च् ज्ञढठठ कअ ढण्ड) धार्मिक स्वतन्त्रताको नाउमा खुल्लम खुल्ला धर्म परिर्वतन गराउन पाउनु पर्दछ भन्ने क्रिश्चियन धर्मावलम्वीले गरेको मागलाई अस्विकार गर्दै च्ष्नजत तय एचयउबनबतभ भनेको च्ष्नजत तय ऋयलखभचकष्यल होइन भनि गरिदिएको निर्णय सवैले बुझन र बुझाउन सक्नु पर्दछ । मानवअधिकारको विश्वब्यापी घोषणा पत्रमा सवै देशले हस्ताक्ष्र गरेको सन्दर्भमा मानवअधिकारको नाउमा धर्म परिवर्तन गराउन पाउने, जाति राज्य वा आत्मर्निणयको अधिकार प्राप्त हुनु पर्ने जस्ता प्रावधानको गलत ब्याख्या हरुबाट पनि धर्म संस्कृति र राष्ट्रको रक्षा गर्नु सक्नु पर्दछ । विराट हिन्दू सम्मेलनका बारे आयोजित पत्रकार सम्मेलनमा सातबटा बुँदा माथि हुने छलफलका विषयहरु हेर्दा सम्प्रदायले गर्न लागेको राष्ट्रिय सम्मेलनका विषयमा जस्ता सिमित विषय देखिन्छन । इस्कोन लगायत धेरै हिन्दू सम्प्रदायहरुले पश्चिमा गोराहरुलाई भक्त बनाइरहेको, हिन्दूबाट अन्य धर्ममा गएका हरुलाई पुनः आफ्नो धर्ममा प्रवेश गराइ रहेको उदाहरण हुँदा हँदै तिनै विषयलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय नेतृत्वको कुरा छुटाउनु सोचाई अझै उन्नत हुन नसक्नु नै हो ।
वैदिक स्वराज्य र आर्यावर्तः
२१औं शताब्दी मानवअधिकार र स्वतन्त्रताको युग भएकाले नयाँ पिढीहरु समेतलाई आकर्षित गर्ने स्वराज्य र आर्यावतको अभियानलाई अघिबढाउनु पर्दछ । ‘आ यद् वामीयचक्षसा मित्र वयं च सुरयः । ब्याचिष्ठे वहुपाय्ये यतेमही स्वराज्ये ।’ अर्थात विस्तृत र वहुमत द्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्यमा जनताको भलाईको लागि लागि रहौ भन्ने ऋगवेद ५÷६६÷६को वचनले समावेशी, लोकतान्त्रीक र साष्ट्रियतालाई सम्वोधन गर्दै सवैले आफ्नो ठान्ने राज्य ब्यावस्थाको परिकल्पना गरेको कुरालाई शासनको मोडेलको रुपमा यस सम्मेलनले अंगिकार गर्नु पर्दछ । वेदमा ‘कृष्वन्तो विश्वर्मायाम’ भन्दै विश्वलाई नै सुसंस्कृत सभ्व बनाउ भन्दै उदघोषका साथै ‘आसमुद्रात्तुवै पूर्वादासमुद्रात्तु पश्चिमात् । तयोरेवान्तरं गिर्यो र्रायवर्त विर्दुबुधाः ।।’ भन्दै पुर्व पनि महासमुन्द्र र पश्चिम पनि महासमुन्द्र, साथै ती दुवै समुन्द्रका बीचका अरु पर्वतहरु समेतलाई ऋषीहरुले आर्यवर्त भन्दै आएका थिए । उत्तरमा हिमालय पर्वत, दक्षिणमा विन्ध्याचल पर्वत र यसको मध्यवर्ती देशरुहरुलाई समेत विद्वानहरुले आर्यावर्त भनेका छन् । उत्तरमा हिमाल पर्वत भन्नाले पूर्व बर्मा इरावती नदी, आराकान्त पर्वत माला हुँदै उत्तर हिन्दूकुश भएर कैलाश मानसरोवर अनि अझै उत्तर पश्चिम पामीरको गाठो भएर रुसका् दक्षिणी भाग बक्षुनदी, ताशकन्द, समरकन्द, बुखाराहुँदै इरानको पूर्वी भाग मशद, निरुजन्द, करमानसम्मको भागलाई उत्तरको हिमालयले सीमा छुट्टाइएको छ । दक्षिणतर्फ विन्ध्याचल पर्वतका मध्यवर्ती देश कृष्णा, गोदावरी, कावेरीहुँदै रामेश्वरमसम्मको प्रदेश पर्दछ । विन्ध्याचल दक्षिणका देशरु विन्ध्याचलकै मध्यवर्ती देश, जसमा आर्यहरुले बसाएका मानिसहरुको बस्ति भएकाले ती स्थान हरु पनि आर्यावर्त भित्रै मानिन्छन् । एवं प्रकार १) ब्रह्मार्वत, २) ब्रहर्हाषदेश ३) मध्यदेशका सबै वाली, सुमात्रा, चम्पा सभ्यता (भियतनाम, कम्वोडिया, थाइलैण्ड, गन्धार अफगानिस्तान, पाकिस्तानमा फैलिएको आर्य सभ्यतालाई जागृत गराउन सक्दा चीनले सिल्करोडको नाउमा शुरु गरेको वान रोड वान वेल्ट अभियानको समानान्तर अभियानको शुरुवात हुन गई सनातन हिन्दूहरुको शीर ठाडो हुन सक्ने छ ।
शान्ती, न्याय र मिलापका लागि अन्तर सांस्कृतिक सहिष्णुता विषयक अभियानले सनातन परम्परा भित्रका वैदिक, खस, किरात, मैथली, थारु, बौद्ध, वोन संस्कृतिको सहकार्य र एकताले स्वराज्य र मेलमिलापको वातावरण वनि राष्ट्रिय एकता र अखण्डताको ज्ञारेन्टी हुन पुग्दछ । युवा महिलाहरुको सहभागितालाई उच्च प्राथमिकता दिँदै सर्वधर्म समभाव सहितको असली हिन्दूस्तानको स्थापना हुन पुग्ने छ ।
‘नवैरमुद्दीपयति प्रशान्तो नर्दपमारोहति नास्तमेति ।
न दुर्गातोस्मिति करोत्यकार्य तर्मायशीलं परमाहुरार्या ः।।’
बैरभावको आगो बल्दै बल्दैन अर्थात सबैसँग विनासितै वैरभाव गर्दैन, शान्त नै रहन्छ, घमण्ड गर्दैन, हीनता देखाउँदैन, आपद् विपद परे पनि अनुचित काम कहिल्यै गर्दैन, यस्तो शील स्वभाव र आचरण भएको व्यक्तिलाई आर्य भन्दछन । यसै परिभाषाको स्मरण गर्दै सभ्य संसारको निर्माण गर्ने आर्यहरुको परिकल्पना नै विराट महासम्मेलनको संकल्प बन्न सकोस् ।

Bhansar Bivag
Argakhachi Cement