विवेकशील साझालाई ‘सम्मानजनक’ मत

प्रकासित मिति: २६ मंसिर २०७४, मंगलवार ०२:४७

बिहानसम्म समानुपातिकतर्फ साढे २५ लाख मत गणना विवेकशील साझालाइ ‘सम्मानजनक’ मत प्राप्त भएको छ।

प्रदेश र प्रतिनिधिसभामा बढी सिट जितेको एमाले बिहानसम्म भएको मतगणना अनुसार अग्रस्थानमा छ।

पछिल्लो मतपरिणाम अनुसार एमालेले ९ लाख ३५ हजार २ प्राप्त गरेको छ छ भने काँग्रेसले ८ लाख ७७ हजार ७ सय ७० मतसहित पछ्याइरहेको छ।

त्यस्तै माओवादीले ३ लाख ८५ हजार ३ सय छ प्राप्त गर्दै तेस्रो स्थानमा देखिएको छ भने  ६४ हजार ८६ मत प्राप्त गरेको संघीय समाजवादी फोरम चौथो स्थानमा छ।

पहिलो पटक संसदीय चुनावमा भाग लिएको विवेकशील साझा पार्टीको ५३ हजार २८ मत  छ। यो मत २ प्रतिशतभन्दा बढी हो।

त्यस्तै कमल थापा नेतृत्वको राप्रपा ४८ हजार ३ सय ७६ मत प्राप्त गर्दै छैठौं स्थानमा छ।

Bhansar Bivag
Argakhachi Cement