विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा

प्रकासित मिति: ३२ असार २०७५, सोमबार ०१:१६

काठमाण्डौ । फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४ २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो ।

खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । यो विश्वकपको फाइनलमा भएको पहिलो आत्मघाती गोल समेत बनेको छ ।
फ्रान्समाथि लगातार दबाव बनाएको क्रोएसियाले २८ औं मिनेटमै बराबरी गोल फर्कायो । कर्नर बलमा क्रोएसियाली डिफेन्डरले ह्याण्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे ।
फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे । क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे ।

Bhansar Bivag
Argakhachi Cement