काठमाडौं । युनिर्भसल पीस फेडेरेसन नेपालको राजधानीमा आयोजना गरेको ‘लिडरसीप एष्ड गुडगभरनेन्स’ बिशेयक कार्यक्रमका बत्ताहरुले बिश्वमा शान्ति ल्लायनमा फादर मुनको दर्शन उपयोगी भएको बताएका छन् । ब्यबस्थापीका संसदका सदस्य एकनाथ ढकालले प्रत्यक ब्यक्ति शान्तिको बाहक बन्नु पर्ने बताउँदै चरम ब्यक्तिबादनै सबैखाले समस्याको जड भएको बताए ।
स्थायी शान्तिको लागि निस्वार्थ भाबनाद्वारा प्रेरित सेबाको आबस्यक हुन्छ भन्दै पूर्वमन्त्री समेत रहेका ढकालले शान्ति स्थापनाको लागि सार्बजनिक सोंच, सह अस्तित्व, संबाद र नैतिक मूल्य मान्यताको अनुशरण आबस्यक रहेको भन्दै फादर मुनको दर्शनबाट यहि कुरा सिक्न सकिने बताए ।
पूर्व उपराष्ट्रपति परमान्द झाले फादर मुनले संञ्चालन गरेको पारिबारिक मूल्यमान्यता अभियना अनुकरणीय रहेको बताउँदै आफुले कोरियामा ‘लिडरसीप एष्ड गुडगभरनेन्स’सम्मान दिएकोमा आभार ब्यत्त गरे । सोहि अवसरमा युनिर्भसल पीस फडेरेसन एशियाका अध्यक्ष डा.चङ सिक योङ्घले परिवार बलियो भए भने मात्र समाज समृद बनाउन सकिने बताउँदै फादर मुनले बिश्वब्यापी रुपमा परिवार बलियो बनाउने अभियान संञ्चालन गरेको बताए ।
नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आन्तरिक सक्षमताले नै बिकासको शुरुवात गर्न सकिने बताउदै नेपाल शान्तिको बाटोमा अगाडि बढीरहेको बताए । उनले नेपाल यतिबेला अध्यरोलाई चिदै उज्यालो तर्फ लम्कीरहेको बताउदै यसलाई निरन्तरता दिन मैले अरुको लागि केहि गर्नुपर्छ भन्ने भावनाबाट प्ररित हुनुपर्नेमा जोड दिए । सो अवसरमा बिभिन्न बत्ताहरुले नेपालको शान्ति प्रकृयामा युपीएफ नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ,
सोही अवसरमा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गर्ने व्यक्तित्वहरुलाई पूर्वउपराष्ट्रपति परमान्द झाले शान्तिदूतको सम्मानले सम्मानीत गरेका थिए । यसरी सम्मानीत हुनेहरुमा नेपाल बिद्युत प्राधिकरणका र्कायकारी निर्देशक कुलमान घिसिङ, प्रेस काउन्सील नेपालका प्रमुख कार्यकारी अधिकृत झपेन्द्र भुसाल, आन्तरीक राजश्व बिभागका महानिर्देक चुडामणि शर्मा, त्रिभुवन विश्वबिद्यालयका प्रा.डा मोतीलाल शर्मा भूसाल गायिका सबिना कार्की संगितकार शिखर सन्तोष लगायता रहेका छन् ।