वैशाख १० गतेदेखि मतदाता शिक्षा

प्रकासित मिति: ५ चैत्र २०७३, शनिबार १५:१२

काठमाडौँ, ५ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आगामी वैशाख १० गतेदेखि निर्वाचन मतदाता शिक्षा सञ्चालन गर्ने भएको छ ।

स्थानीय तहमा कसरी मतदान गर्न सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराउनुभयो । उहाँका अनुसार एउटा वडामा तीनजना स्वयम्सेवकले मतदातालाई मतदाता शिक्षा दिनेछन् ।

मतदाता शिक्षाका लागि आयोगले ३२ जना उपसचिव र अधिकृतलाई मतदाता प्रशिक्षक प्रशिक्षण दिइसकेको छ । प्रवक्ता शर्माका अनुसार मतदाता प्रशिक्षण लिएका कर्मचारीले जिल्लामा गई प्रशिक्षण दिएपछि स्वयम्सेवकले वडामा गई मतदातालाई मतदाता शिक्षा दिनेछन् ।

उहाँले पहिलेको भन्दा धेरै राजनीतिक दलले निर्वाचनमा भाग लिने भएकाले मतदातालाई मतदाता शिक्षा दिन आवश्यक भएको पनि बताउनुभयो । रा

Bhansar Bivag
Argakhachi Cement