शान्तिका अगुवाहरुले गरे दुई कोरियाबीच मेलमिलापको कामना

प्रकासित मिति: १२ चैत्र २०७५, मंगलवार १४:४४

काठमाण्डौ । असल परिवार समृद्ध नेपाल भन्ने मुल्य मान्यताबाट प्रेरित विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालसँग आवद्ध शान्तिका अगुवाहरुले उतर कोरिया र दक्षिण कोरियाबीच भईरहेको मेलमिलाप अझ सुदृढ बन्दै जाओस भन्ने कामना गरेका छन् । बुद्ध जन्मेको देशबाट बिश्वमा नै शान्तिको सन्देश प्रबाह हुनुपर्ने भन्दै शान्ति अगुवाहरुले मङलबार बसन्तपुर डवलीमा नेपालको राष्ट्रिय झन्डा बोकेर दुबै कोरियालाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन । सयौको संख्यामा उपस्थीत नेपालीहरुले शान्तिको सन्देश नेपालबाट विश्वभरी दिनको लागि शान्तिपुर्ण एक्यबद्धता जनाईएको पूर्व सासद मिलन कुमारी राजबंशीले बताईन् ।

Bhansar Bivag
Argakhachi Cement