काठमाण्डौ । सहकारीको भिडमा छोटो समयममा नै आफनो बेग्लै पहिचान बनाउन सफल शान्ति परिवार बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको चौथो बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।
शनिबार राजधानीमा आयोजित चौथो बार्षिक साधारण सभामा बोल्दै राष्ट्रिय सहकारी बिकास बोर्डका पुर्व सदस्य सन्तोष कुमार पौडेलले सहकारीका कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । उनले सहकारीले सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताउँदै सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तनगरी स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पु¥याएको बताए । पौडेलले एक सहकारी एक सदस्यको निती अनुरुप अगाडी बढ्न अनुरोध गदै सहकारीले थोरै समयमा गरेको आर्थिक विकासको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिए ।
सहकारीका अध्यक्ष बिनोद डाँगीको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष र लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७३र ०७४मा संस्थाको तर्फबाट सम्पादित आर्थिक कारोवारको विवरण प्रस्तुत गरेका थिए ।
साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष बिनोद डाँगीले आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउँने तयारी रहेको बताउदैै युवाहरुलाई रोजगारी सजना गर्नमा सहकारी लागेको बताए ।
‘सुरक्षित बचत सुरक्षित लगानी उज्वल भबिश्य हाम्रो प्रतिवद्धता’ भन्ने मोटोलाई आत्मसाथ गरेको सो सहकारीका ३०० भन्दा बढी सदस्य रहेका छन् ।