“शान्ति प्रक्रियाको कामलाइ पूर्णता दिनु सरकारको प्रमुख दायित्व”

प्रकासित मिति: ७ आश्विन २०७३, शुक्रबार १३:४९

त्रिशूली (नुवाकोट),  नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले अहिलेको सरकारको लोकप्रियता र कामको रफ्तारलाई देख्न नसकेर विरोधीहरुले अख्तियारमार्फत लडाकु शिविरको छानविनलाई उठाएको बताउनुभएको छ ।

आज नुवाकोटको विदुरमा प्रेस सेन्टर नेपालको आयोजनामा भएको पत्रकार सम्मेलनमा नेता थापाले सरकारले अघिल्लो सरकारले नौ महिनामा नगरेको काम यो सरकारले एकै महिनामा गरेको दाबी गर्नु भयो ।

सरकारको काँधमा शान्ति प्रक्रिया पुरा गर्ने पहिलो जिम्मेवारी रहेको बताउँदै उहाँले द्वन्द्वकालीन मुद्दालाई टुङ्ग्याउनुको सट्टा शान्ति प्रक्रिया विथोल्ने षड्यन्त्र भइरहेको आरोप लगाउनु भयो ।

Bhansar Bivag
Argakhachi Cement