शान्ति समाज नेपालद्धारा सुकुम्वासीलाई न्यानो कपडा

प्रकासित मिति: ७ माघ २०७४, आईतवार ०४:१०

काठमाण्डौं । शान्ति समाज नेपाल काठमाडौंको आयोजनामा शनिबार तिलगंगाको सुकुम्वासी वस्तिमा न्यानो कपडा वितरण गरिएको छ । शान्ति समाजको आयोजना र चितवन टेलरीङ पिंगलास्थान काठमाडौंको मुख्य प्रायोजनमा सो कार्यक्रम संपन्न गरिएको हो । उक्त कार्यक्रममा किमाथाङका बचत तथा ऋण शहकारी संस्था बौद्ध काठमाडौं, कृष्ट एजुकेशन कन्सल्टेन्सी चावहिल, चितवन हनी ईन्डस्ट्रिज, होस्टे हैसे लगायत संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
जाडाको मौसमा चिसोबाट बच्नका लागि कपडा वितरण गरिएको हो । विशेष गरी सुकुम्वासी, भुकम्प पीडित, अपाङ, विपन्न, दलित, महिला र वालवालिकालाई लक्षित गरी १५० जनालाई वितरण गरिएको संस्थाका अध्यक्ष शान्तिदिप रेग्मीले जानकारी दिएका छन् । विभिन्न ठाँउवाट कपडा ल्याई संस्थाको कार्यालयमा जम्मा गरी मर्मत गरी सम्वन्धित व्यक्तिको नाप जाँच गरी वितरण गरीएको संस्थाका सदस्य दिनेश प्रशाद भट्टराईले जानकारी दिए । संस्थाले यसै गरि अब छिटै कर्णाली र तराई मधेशमा पनि न्यानो कपडा वितरण गर्ने जनाएको छ । यो कार्यक्रममा सहयोग गर्न चाहनुहुने तथा इच्छुक व्यक्तीले संस्थामा सम्पर्क गरि सहयोग गर्न समेत शान्ति समाजले अनुरोध गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement