शिक्षण संस्था र सकस

प्रकासित मिति: २२ माघ २०७४, सोमबार ०२:३३

सत्ता बडो बिसाद हुन्छ जब त्यसमा पलाएका काडाहरु हटाइदैन । सत्ता आफैमा बिसाद भने होइन तर सत्ता संग जोडिएको शक्तिका कारण हो र त्यो किन हो भने शक्ति स्व ढंगबाट बिकारलाई हटाउने सामर्थ्य राख्दैन । शक्तिमा रहेको बिकार हटाउने बिधी  सत्ता बाहिरबाट खोजिने गरिन्छ, त्यसैको नाम हो प्रतिपक्ष, नागरिक समाज, बुद्धि जिबि, पत्रकार, सामाजिक आन्दोलन आदि। र यिनिहारुको काम भनेको शक्तिका कारण उन्माद भएको सत्तालाई ठिक ‘साइज’ मा ल्याउनुका साथै समाज र राज्यलाई बृहत्तर हितका लागि अगाडि बडाउनु ।

शिक्षा, स्वास्थ जस्ता संबेदनसिल विषयमा राज्यको भुमिकाके हुने भन्ने बिबाद मुल त दुइ कित्ताको छ । एक हो राज्यले नियन्त्रण गरोस र सबै नागरिकले सहज र शुलभ ढंगबाट प्राप्त गरुन भन्ने र अर्को हो कमाइको आखाबाट मात्र हेर्ने । यो अलि ठुलो आकारको छ जहाँ यि बिसयलाई सेवा भन्दा नाफा र धन्दाको रुपमा हेर्ने एउटा समुह जो राजनीतिक आड लिरहेको छ भने अर्को शिक्षण संस्था भित्र गडेको नाताबाद, कृपाबाद, र दुशित राजनीतिक रङ्ग ।

नाताबाद, कृपाबाद, र दुशित राजनीतिक रङ्ग ।

एउटा विद्यार्थी क्याम्पस किन आउछ पढ्न ?  एउटा विद्यार्थी सुनौलो भबिस्यको परिकल्पना गर्दै छिरेको शिक्षण संस्थामा किन अन्सन बस्छ ? उस्का लागि मृत्यु भन्दा ठुलो के हुन सक्छ तेस्ता मागहरु? क्याम्पस भित्र एउटा विद्यार्थी पढिरहदा आफ्नो भबिस्य प्रती कतिको सुनिश्चित छ? ति माग भन्दा बिद्रोह चेत प्रधान हुनु पर्छ । विद्यार्थीले आफ्नो भबिस्यलाई सुनौलो बनाउने आसा र अभिलाषा राखेर आएको क्याम्पसमा त्यो बिश्वास नभेटेर नै होला पृथ्वीनारायण क्याम्पसमा दुइ विद्यार्थी अन्सन बस्न बाध्य भएर बस्यौ   भन्दै छन ।

केहि दिन अगाडि एक जना दिदि संग क्याम्पस गेटमा भेट भयो भन्दै हुनुन्थ्यो थेसिस बुजाउन कुनै मन्टेसोरिमा बोलाइएको छ ।

म आफै पिएनको विद्यार्थी हु र मलाई यो थाहा छ कि म अब बजारमा दक्ष जनशक्तिको रुपमा उत्रिन १ २ बर्ष अर्को  ओकिलको झोले हुनुपर्ने छ।

यस्ता घटना र प्रवृत्ति प्रतिनिधि मात्र हुन जुन भोलिको नेपालका प्रतेक ब्यक्तिले शिक्षण संस्थामा अनुभव गरिरहेछ्न । अहिले नेपालमा २२ बर्ष मुनीको जनसंख्या ५० प्रतिशत छ जो पुर्न रुपमा शिक्षण संस्थाहरुमा छ्न । के यो संख्याले आफु बजारमा काम गर्नका लागि योग्य जनशक्ति बनाउने शिक्षण नभएको कुरा बुझ्यो वा बुज्दै जादा के परिणाम निकाल्छ, सयद    बिद्रोह चेत वा निराशा । बिद्रोह चेतले सिन्थेसिसमा सहयोग गर्ला तर त्यो निरासाले नि? वा भनौ भोलिको नेपालको चित्र आजै बाट बिगार्दै छौ र त्यो पनि निर्माण गर्ने शिक्षण संस्थाबाट नै । बजारमा नबिक्ने जनशक्ति निर्माण प्रक्रियामा अभ्यस्त हाम्रा शिक्षण संस्थाले एक बर्षमा कति जनशक्ति कहाँ खपत भयो भनी सोच्यो वा त्यसको लागि के गर्नु पर्छ भनी सोच्ने कुरा त टाढाको हो । अझ लाजनै लाग्ने कुरा त के छ भने जहाँ क्याम्पस हुन्छ त्यही वर पर टिउसन सेन्टर गजब चल्छ्न र गुरुहरु निर्धक्क मैले त्यो टिउसन सेन्टरमा पढाउछु भनेर क्याम्पसकै क्लासमा भन्छ्न , नभ्याएको कोर्स पनि उतै पुरा हुन्छ ।  पुस्तकालय एक बर्षमा कति पुस्तक थपिन्छ्न वा कति ब्यवथित छ भन्ने कुरा न क्याम्पसको विषय हो न विद्यार्थीको नै ।

 

सूचनाको हक सम्बन्धि ऎन २०६४ ले कुनै पनि सर्बजनिक निकायमा सार्बजनिक महत्त्वको विषयमा सूचना माग्ने र पाउने ब्यवस्था गरेको छ र यहि ऐनलाई टेकेर करिब दुइ बर्ष अगाडी क्याम्पसको आयब्यय सर्बजनिक गर्न निवेदन पेस गरेका थिय

निवेदन पेस गरेका थियौ जुन अधिकार बाट आज सम्म बन्चित भएका छौ । क्याम्पसले त्यसरी सार्बजनिक नगर्नुको पछाडि कारण के? क्याम्पसले यस्ता सूचना आफै अग्रसर गरेर नियमित रुपमा गरिदिदा सबै निकायले दायित्व बोध गराउन सहयोग मिल्थ्यो ।

 

शिक्षण क्षेत्रमा यस्ता समस्या ब्याप्त हुनु र समस्या समाधानको लागि केहि पहल नहुनू बिडम्बना हो ।

शिक्षण संस्थामा कुसल ब्यवस्थापन र अध्यन र अध्यापन को बाताबरण मात्र निर्माण गर्ने हो भने धेरै समस्या समाधान हुन सक्छ्न । तर क्याम्पसहरु सत्ता भएका छ्न र शक्तिले गर्दा त्यहाँको बिकार जहाँको त्यही छ । प्रतिपक्ष जस्तो भुमिका खेल्नु पर्ने विद्यार्थी संगठन पाटीका हनुमान भएका छ्न र शिक्षा यिनिहरुको मुद्दा नै होइन भन्दा फरक नपर्ला । प्राज्ञिक  थलोको रुपमा परिचित क्याम्पसका प्राज्ञ आफ्नो नामको अगाडिको प्रा र डा लाई राजनीतिक रङ्गको आधारमा टेको लगाएका छ्न जहाँ कुनै सृजनशिलता छैन । यसरी बिकार आफै भित्र राखिरहका शिक्षण संस्थाहरुले भोलिको नेपाल कस्तो निर्माण गर्ला यो विषय जति गहन छ त्यती नै गहन के छ भने सहज जिबन बिताउन आशा लिएको एक विद्यार्थीले बजारमा बिक्ने जनशक्ति बन्छु भन्ने बिश्वास त्यो संस्था बाट प्राप्त गर्छ कि गर्दैन ।

Bhansar Bivag
Argakhachi Cement