शिक्षा क्षेत्रमा आफुलाई अवल साबित गदै फेरिल्याण्ड

प्रकासित मिति: १४ मंसिर २०७६, शनिबार ०६:२३

एस.इ.ई. परिक्षामा उतिर्ण भएका बिद्याथीहरुको बिदाई कार्यक्रम
काठमाण्डौ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेशनल स्कूल शनिबार २०७५ सालको एस.इ.ई. परिक्षामा उतिर्ण भएका बिद्याथीहरुको बिदाई कार्यक्रम गरेको छ ।
प्रदेश सांसद कुशुम कुमार कार्कीले २०७५ सालको एस.इ.ई. परिक्षामा उतिर्ण भएका बिद्याथीहरुलाई खादा र मायाको चिनो प्रदान गदै सम्मान गरेका थिए ।
बुढानिलकष्ठ नगरपालिका भित्र छुटै पहिचान बनाउन सफल फेरिल्याण्ड स्कुलले शैक्षिक क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा समेत उलेख्य सफलता प्राप्त गदै लगेको छ ।

कार्यक्रममा बोदै प्रदेश सासद कुशुम कुमार कार्कीले बिद्याथीहरुलाई उच्च शिक्षाको लागि बिदेश गएपनि त्यहाबाट अध्यन गररे आएपछि देशको सेवामा नै लाग्न आग्रह गरे । उनले युवाहरुको पहलबाट मात्रै अव देशले बिकासको गतिलिन सक्ने भन्दै अहिलेको युवाले राजनीतिककर्मीहरुलाई समेत सामाजिक सञ्जाल मार्फत खबरदारी गरेको बताए ।
उनले अवका युवा भोलीका कर्णधार हो भन्दै १० बर्षमा देशले काँचुली फेर्ने बताउदै फेरील्याण्ड स्कुलले शिक्षा क्षेत्रमा आफुलाई अवल साबित गदै लगेकोमा बधाई दिए ।

कार्यक्रममा बुढानिलकष्ठ नगरपालिका बडा. नं १० का अध्यक्ष नवराज भटराई, समाजसेबी मिठाराम अधिकारी प्याप्सन काठमाण्डौका उपाध्यक्ष राधेश्याम श्रेष्ठ, नारायणबाबु तिम्लसिना , जगत प्रसाद निरौला लगायतले बोलेका थिए । बिद्यालयका प्रिन्सीपल बिष्णुचन्द्र अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको संञ्चालन राम गौतमले गर्नु भएको थियो ।
कार्यक्रममा बिद्यालयका बिधार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।
एस.इ.ई. परिक्षामा फेरील्याण्ड स्कुलले शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ भने यहाँ अध्यन गरेका बिद्यार्थीले उच्च शिक्षामा समेत महत्वपूर्ण उपलब्धी हात पार्न सफल भएका छन् ।

Bhansar Bivag
Argakhachi Cement