शिक्षा नीति तथा कार्यक्रमको विषयमा अभिमुखीकरण कार्यक्रम

प्रकासित मिति: ३० असार २०७५, शनिबार ०३:४५

शर्मिला विश्वकर्मा, काठमाण्डौं
नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष्य निर्मला धितालको आयोजना र अष्ट्रेलियन अवार्ड नेपालको सहयोगमा अष्ट्रेलियन अवार्ड अल्मुनाई इनोभेसन च्यालेन्ज कार्यक्रम अन्र्तगत काठमाण्डौंमा एक छलफल कार्यक्रम सम्पन्न भयो । सो छलफलमा आयोजक नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले सबैलाई अपाङ्गता सम्वन्धि शिक्षा नीति नियम र कार्यक्रमको विषयमा सरोकारवाला निकायलाई अभिमुखीकरण गर्ने र अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षा दिने विषयमा अष्ट्रेलियमा सिकेका सीपहरुलाई प्रयोगमा ल्याउन के गर्न सकिन्छ भनेर जानकारी दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । साथै सो कार्यक्रमको दोस्रो चरणमा उहाँले अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा भएका समस्या र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
सोही क्रममा बद्धिक अपाङ्गताका अभिभावक महासंघका अध्यक्ष राजु बस्नेतले समावेशी शिक्षाको विषयमा सबैलाई बुझाउन जरुरी रहेको बताउनु भयो । त्यसै गरी नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारा वदन सेंडाइले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँच पुर्रयाउन अपाङ्गता अनुकुलको वातावरण निर्माण गर्नु पर्ने कुरामा जोड दिनु भयो भने नेपाल अपाङ्ग महिला संघकी महासचिव मिना पौडेल र स्वावलम्वन जीवन पद्धती केन्द्र काठमाण्डौंकी महासचिव जमुना सुवेदीले अष्ट्रेलियामा गएर अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षाको विषयमा सिकेका कुराहरुको विषयमा अनुभव बताउनु भएको थियो । त्यसै गरी राष्ट्रिय अपाङ्ग महमसंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँच पु¥याउनका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक तथा समावेशी शिक्षा शाखाका प्रमुख गणेश प्रसाद पौडेलले समावेशी शिक्षाको सन्दर्भमा संवैधानिक कानूनी एवं नीतिगत व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । उक्त कार्यक्रमको सञ्चालन नेपाल अपाङ्ग महिला संघकी महासचिव मिना पौडेलले गर्नु भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement