शुक्रबार संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेस तनाव निम्त्याउने तयारीमा छन् । सोमबार र मंगलबारका ५ बैठक काँग्रेस अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको हो । शुक्रबार नेकपा जसरी पनि विधेयक प्रस्तुत गर्ने रणनीतिमा छ । तर काँग्रेस जुनसुकै हालतमा पनि रोक्ने योजनामा छ । मंगलबार नै धकेलाधकेलको अवस्थामा पुगेको तनाव शुक्रबार थप बढ्ने दुबै पक्षका सांसदहरुले संकेत दिएका छन्