काठमाडौं : काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम शून्यमा झरेको छ। आईतबार बिहान ९ को न्यूनतम तापक्रम शून्य ुडिग्री सेल्सियसु रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पुस २० गते न्यूनतम १।२ डिग्री सेल्सियस रहेकामा आज घटेर शून्यमा झरेको हो। केही दिन तापक्रम अझै घट्ने अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताए। ुकाठमाडौं उपत्यकाको न्यूनतम तापक्रमको विगतको अवस्थालाई हेर्दा माइनस तीन डिग्रीभन्दा तल झरेको छैनु, पौडेलले भने, ुसन् १९९८ जनवरी ११ मा हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस ३।५ डिग्री सेल्सियस पुगेको थियो।ु अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ०।४ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको थियो। विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम माइनसमा पुग्नसक्ने अनुमान गरिएको छ ।