शैलपुत्रिको एसईई उत्कृष्टलाई छात्रवृति दिने भेनको घोषणा

प्रकासित मिति: ३० श्रावण २०७५, बुधबार ०५:३९

काठमाडौं । गाउँ वातवरण नेपालले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वार्ड नं ७, देउरालीमा रहेको शैलपुत्रि माध्यमिक बिद्यालयबाट यस बर्षको बिद्यालय शिक्षा परीक्षा एसईई उतिर्ण गरेका बिद्यार्थीहरूमध्येबाट सबैभन्दा उत्कृष्ट हुने बिद्यार्थीलाई प्लस टु अध्ययनको लागि छात्रबृति प्रदान गरिने महासचिब ठाकुर धितालले जानकारी गराउनुभएको छ । शिक्षा, भौतिक पूर्वाधार, वातवरण संरक्षण तथा बिभिन्न सामाजिक सेवामा कार्य गर्दै आईरहेको संस्था को कार्यकारी निर्देशक समेत रहेका धितालसँग शैलपुत्री भूतपूर्व विद्यार्थी समाजको अध्यक्ष नर बहादुर गुरुङले भेट गरी छलफल पश्चात उक्त छात्रवृति प्रदान गरिदिने घोषणा गर्नुभएको हो । विगतदेखि नै यस बिद्यालयमा अध्ययन गरिरहेका गरिव बिद्यार्थीहरुलाई छात्रवृति दिदै आइरहेको र यसबर्षदेखि थप छात्रवृतिको घोषणा गरिएको धितालले जानकरी गराउनुभयो । ूशैलपुत्री बिद्यालयका एसईई उत्कृष्ट बिद्यार्थीलाई हामी यसबर्षदेखि साइन्समा उच्च शिक्षा अध्ययन गर्न छात्रवृति प्रदान गरिदिन्छौू, कार्यकारी निर्देशक धितालले भन्नुभयो । सफल पर्यटन ब्यवसायीको रुपमा समेत परिचित धितालका अनुसार संस्थाले थुप्रै गरिब परिवार तथा अपाङ्ग भएका बिद्यार्थीहरुलाई छात्रवृति वितरण गर्दै आईरहेको र यसपटकदेखि आफू पढेको बिद्यालयबाट एसईईमा टपर हुने बिद्यार्थीलाई छात्रवृति प्रदान गरेर उच्च शिक्षालाई सहज बनाउन चाहेको बताउनुभयो । ूहामी ५ बर्षे एमबिबिएस अध्ययन गर्न पनि छात्रवृति दिन्छौू धितालले भन्नुभयो, ूतर बिद्यार्थीले समाज र बिद्यालयको शिरलाई उच्च राख्न अझ मिहेनत गरिदिओस्ू । धितालका अनुसार कक्षा ७ देखि उक्त बिद्यालयका अपाङ्ग विद्यार्थी दिवस परियारलाई समेत छात्रवृति दिएर पढाउदै आइरहेको र हाल उच्च शिक्षा समेत छात्रबाससहितको छात्रवृतिमा पढाईरहेको जानकारी दिनुभयो । त्यस्तैगरी गोरखाकै भिमसेन थापा गाउँपालिका स्थित घ्याम्पेसालमा रहेको दुल्लभ माबिबाट एसईईमा उतिर्ण एकजना बिद्यार्थीलाई साइन्समा बाह्र कक्षासम्म र पाँचबर्षे एमबिबिएस पढाउन छात्रवृति प्रदान गरिसकेको धितालले जानकारी दिनुभयो । समाजप्रति निस्वार्थ भावका साथ सहयोग गर्दै आईरहेका धितालले स्टुडेन्ट प्रोजेक्ट नेपालमार्फत् दुर्गम बस्ति र गरिब परिवारका ५०० भन्दा बढि बिद्यार्थीहरूलाई समेत छात्रवृति दिएर पढाईरहेका छन् । विद्यार्थी समाजका अध्यक्ष गुरुङका अनुसार बिद्यालयको शैक्षिक गुणस्तर, बिद्यार्थीहरुको क्षमता अभिवृद्धि तथा बिद्यालयलाई शान्ति क्षेत्रको रुपमा व्यवस्थापन गर्न समाज योजनाबद्ध रुपमा अघि बढिरहेको र बिद्यालयको प्रशासनिक सुधार, शैक्षिक गुणस्तर तथा छात्रवृतिको लागि सहयोग गरिदिन सबैलाई आग्रह समेत गर्नुभएको छ । साथै बिद्यालयमा हालसम्म टाढादेखि पढ्न आउने बिद्यार्थीहरुको लागि होस्टल नभएकोले होस्टल बनाउने तयारी गरेको हुँदा साथ र सहयोगको लागि अपिल समेत गर्नुभयो । । २०१७ सालमा स्थापना भएको शैलपुत्री बिद्यालयले हालसम्म हजारौ बिद्यार्थीहरूलाई पासआउट गराईसकेको छ ।

Bhansar Bivag
Argakhachi Cement