काठमाडौ । पत्रकारहरुको साझा चौतारीको रुपमा क्रियाशिल नेपाल पत्रकार मंचले नवनिर्बाचित सांसद एकनाथ ढकाललाई बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिदै श्रमजीबी पत्रकारहरुको हितलाई ध्यानदिन आग्रह गरेको छ ।
सांसद ढकालको सम्पर्क कार्यालय नक्सालमा पुगी मंचका अध्यक्ष युबराज बिद्रोही, पदाधिकारीहरु तथा सदस्यहरुले ढकाललाई बधाई दिएका हुन्। बधाई पछिको अन्तरक्रियामा बोल्दै पूर्व मन्त्रि समेत रहेका ढकालले नेपाल पत्रकार मंचले समस्त ब्यबसायिक पत्रकारहरुको पक्षमा खेल्दै आएको भूमिकाको प्रसंसा गर्दै शान्ति पत्रकारिताको बिकासमा लाग्न आग्रह गरे।
नेपाल परिवार दलको अध्यक्ष समेत रहेका ढकालले आफ्नो तेश्रो कार्यकालमा मुलभूत रुपमा जनसरोकारका अत्यन्त जरुरि सावालहरुको सम्बोधनलाइ प्राथमिकता दिने तथा सम्पूर्ण नेपालीको साझा जन प्रतिनिधिको रुपमा कार्य सम्पादन गर्न सबैको सहयोग र सल्लाहको अपेक्षा गरेको बताए।
मंचका अध्यक्ष युबराज विद्रोहीले कानुन निर्माणमा श्रमजीबी पत्रकारहरुको हितलाई ध्यानदिन सांसद ढकाललाई आग्रह गर्दै मन्चमा आबद्ध पत्रकारहरुले निस्पक्ष रुपमा समाचार सम्प्रेषण गर्दै आएको र जन(प्रतिनिधि र संचारकर्मीहरु बीच निरन्तर हुने संवादले सहि सूचना प्रबाह गर्न सहयोगी हुने बताए।