काठमाण्डौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटको घोर भत्सना गरेका छन् । ढकालले सामाजिक संञ्जाल मार्फत आईतबार विहान श्रीलंकाको राजधानी कोलम्बोमा श्रृङखलावद्ध विस्फोट हुँदा मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अध्यक्ष ढकालले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। अध्यक्ष ढकालले श्रीलंकामा भएको आतंककारी विस्फोटको निन्दा गदै शान्ति र मानव अधिकारको रक्षाको लागी आवहन समेत गरेका छन् ।