श्रेष्ठद्वारा लिखित पुस्तक ‘नारी शक्तिका पाइला’ सार्वजनिक

प्रकासित मिति: २७ माघ २०७४, शनिबार १४:०४

रत्नलक्ष्मी श्रेष्ठद्वारा लिखित पुस्तक ‘नारी शक्तिका पाइला’ सार्वजनिक भएको छ । शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले विमोचन गरेका थिए ।

पुस्तकमा नारीको अवस्थावारे प्रष्ट पारिएको उल्लेख गर्दै कुलपति उप्रेतीले लेखक श्रेष्ठको प्रशंसा गरे । ‘महिलाहरुले भोगेको पीडालाई उहाँले निकै राम्रोसँग लिपीबद्ध गर्नु भएको छ । यस्ता कृतिले महिला सशक्तीकरणका लागि भूमिका खेल्न सक्छ’, कुलपति उप्रेतीले भने ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले गरेको कार्यक्रममा पुस्तककी लेखक श्रेष्ठले नेपाली नारीका पीडावारे आफूले देखेका र भोगेका प्रशंगलाई पुस्तकमा उतारेको बताइन् ।‘नेपालको संविधानमा महिला–पुरुष समान भनेर लेखिए पनि महिलाहरु अझै संघर्षकै चरणमा छन्’ उनले भनिन् ।उनले राजनीतिमा स्थापित हुनका लागि नेपालमा अझै शीर्ष नेताको श्रीमती, भान्जी, भतिजी वा अरु कोही नातेदार हुनुपर्ने परिस्थतीप्रति चिन्ता ब्यक्त गरिन् । कतिपय हत्या र बलात्कारका घटनामा पनि महिलाले न्याय नपाएको उनले उल्लेख गरिन् ।

पुस्तकमा विधवा हुनुको पीडादेखि राजनीतिक र आर्थिक सवलीकरणसँगै महिला हिंसासम्म विभिन्न ५१ शीर्षकका लेखहरु रहेका छन् ।

Bhansar Bivag
Argakhachi Cement