ललितपुर, माघ २३ गते । आधुनिक सुगम सँगीतका लोकप्रिय सँगीतकार आलोकश्रीका पिता टिकाराम खातीको आज बिहान नीधन भएको छ । ६९ बर्षिय स्वर्गीय खाती लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट पिडीत रहनु भएको थियो । हाल हृदयघातका कारण नीधन हुनु भएका खातीको अन्त्येष्टीमा नेपाल सँगीतकर्मी सँघका अध्यक्ष मिलन मोक्तान, गीतकार एस.पी.काईराला,सँगीतकार शान्तिराम राई,पत्रकार डी.पी.शाह चक्रवर्ती लगायत सँगीतकार आलोकश्रीका आफन्त तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।